विपि विचार राष्ट्रिय समाज रुपन्देही द्धरा अञ्चल अस्पतालमा फलफुल वितरण

प्रकाशित मिति:

नेपाली कांग्रेसका संस्थापक विपि कोईरालाको १ सय ५ औ जन्मजयन्तीको अवसरमा विपि विचार राष्ट्रिय समाज रुपन्देहीले फलफुल वितरण गरेको छ । कोईरालको योगदानको उच्च मुल्याङकन गर्दै बुटवलको लुम्बिनी अञ्चल अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरिएको हो । फलफुल वितरण समारोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता वालकृष्ण खांणले विपिको विचार आजको दिनमा पनि उत्तिकै सान्द्भिक रहेको बताउनु भयो ।
उहांले विपिको समाजवाद जत्तीको सन्तुलित विचार नेपालको सन्द्रभमा अति नै उत्तम रहेको बताउनु भयो । उहांले नेपालमा कम्युनिष्टहरु विचारका दृष्टिले पुर्णरुपमा असफल भएको चर्चा गर्दै नेपालमा भ्रमको खेती गरेर उनिहरुको सत्तामा पुगेको बताउनु भयो ।
विपि विचार राष्ट्रिय समाजका जिल्ला अध्यक्ष शरद भट्टराइृको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका पार्टि सभापती अब्दुल रज्जाकले नेपाली माटो सुहाउदो विपिको विचार आज पनि उत्तिकै सान्द्भिक रहेको बताउनु भयो ।
उहांले विपिले अघि सारेको विचारलाई व्यवहारिक रुपमा कार्यनयनका लागि जोड समेत दिनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेस रुपन्देही क्षेत्र न १ का क्षेत्रिय सभापती तथा देवदह नगरपालिकाका मेयर हिरा केसीले विपिको विचारलाई आत्मसाथ गर्दै अघि बढे हरेक नेपाली जनता सम्बृद्धिको वाटोमा लाग्ने बताउनु भयो ।
सोहि कार्यक्रममा समाजका सल्लाहकार तथा नेपाली कांग्रेसको तर्फवाट प्रदेश सभा का प्रत्यासी विष्णु पोख्रेलले कम्युनिष्टहरुले आफ्ना सिद्धान्तहरु छोडेर अघि बढेको चर्चा गर्दै कांग्रेसले विपिकै वाटोमा अघि बढ्नु पर्ने बताउनु भयो । कार्यक्रम संयोजक नेत्र भट्टराईको स्वागत तथा सचिव कृष्ण पोख्रेलको संचालनमा सम्पन्न भएको थियो । सो अवसरमा अञ्चल अस्पतालमा रहेको २ सय भन्दा वढि विरामीहरुलाई फलफुल वितरण गरिएको थियो ।