‘सिमाका बिषयमा भारतसँग ओली सरकारको मिलेमतो’ – महर

२८ कार्तिक २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


दाङ – नेपाली कांग्रेसका युवा नेता एवं नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष नैनसिंह महरले सिमाका बिषयमा भारतसँग ओली नेतृत्वको वर्तमान सरकारको मिलेमतो भएको गम्भीर आरोप लगाएका छन् । नेता महरले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि रोस प्रकट गर्दै भने, ‘चार भाषामा भारतका प्रधानमन्त्री मोदिलाई जन्मदिनको शुभकामना दिन सक्ने केपी ओलीले भएको सिमाको विषयमा कुनै अभिव्यक्ति नदिनुले यसमा सरकार कै मिलेमतो रहेको र सरकार राष्ट्रियताको विषयमा कमजोर सावित भएको प्रष्ट हुन्छ ।’

नेपाली कांग्रेस जिल्ला कार्य समिति दाङले बिहिबार आयोजना गरेको दाङ क्षेत्र न ३ प्रदेश ख को चुनावी सभालाई सम्वोधन गर्दै नेता महरले वर्तमान सरकारप्रति जनताको वितृष्णा पैदा भएको जिकिर गरे ।उनले नेकपा सरकारले २२ महिना अगाडी जनतासामु गरेका प्रतिवद्धता पूरा गर्न नसकेकाले जनताले कांग्रेस खोजिरहेको बताएका छन् ।

‘सरकारसँग कुनै ठोस कार्ययोजना नभएर हौवा फैलाउने कार्य गरेको छ र यसबाट मजदुरदेखि मालिकसम्म र विद्यार्थीदेखि शिक्षकसम्म कहिकतैबाट पनि सरकारको काम प्रति असन्तुष्ट देखिएका छन्’ नेता महरले भने । कार्यक्रममा पार्टी सभापति कृतवहादुर खड्का, प्रदेश सभा उम्मेदवार केशव आचार्य पुर्व सांसद वुद्धिराम भण्डारी लगायत नेताहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा ३ सय जना भन्दा बढी नेकपा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. द्वारा मंगलबार नव आगन्तुक…
  • त्रिभुवन विश्वविद्यालय अन्तर्गत वी.ए. पहिलो वर्ष, अँग्रेजी विषयको परिवर्तित पाठ्यक्रमको…
  • आज थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि
  • खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ विक्री बितरण सम्बन्धी छलफल
  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,
  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण