नेपाल कम्युनिस्ट पार्टी नेकपा सुनवल ३ पश्चिम नवलपरासीको वडा कमिटी बैठक सम्पन्न

प्रकाशित मिति:

नवलपरासी – नेपाल कम्युनिस्ट  पार्टी नेकपा सुनवल वडा नम्बर ३ पश्चिम नवलपरासीको वडा कमिटी बैठक विहिबार सुनवलको नदुवामा सम्पन्न भएको छ । वडा कमिटीका अध्यक्ष रन बहादुर पुनको अध्यक्ष्यता तथा नेकपा जिल्ला कमिटी सदस्य बद्रीमान श्रेष्ठको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । सम्पन्न बैठकले वडा स्तरको महिला र युवा समिती गठनको लागि भेला आयोजना गर्ने निर्णय गरेको छ ।

सो अवसरमा विशिष्ट अतिथिको रुपमा नेकपाका जिल्ला सदस्य विमल ढकाल, अतिथिहरु पुर्व क्षेत्रीय कमिटी सदस्य दिनेश गुरुगं, क्षेत्रीय कमिटी सदस्य कर्ण बहादुर सेन, सुनवल नगर कमिटी सचिव विर बहादुर विक लगाएत रहनुभएको थियो । सो कार्यक्रमको संचालन नेकपा सुनवल ३ वडा कमिटीका सचिव डिल्ली प्रसाद कन्डेलले गर्नु भएको थियो ।