तिलोत्तमाको आनन्दवनमा स्वास्थ्य चौकी, १५ शैयाको अस्पताल बन्ने

प्रकाशित मिति:

तिलोत्तमा/रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नंं. ६ सालघारीस्थित आनन्दवन स्वास्थ्य चौकी १५ शैयाको अस्पताल बन्ने भएको छ । स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नतिका लागि वडा नं. ६ र तिलोत्तमा नगरपालिकाले निर्णय गरी स्वास्थ्य मन्त्रालयको योजना महाशाखामा फाइल पठाइसकेका छन् ।स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गर्न रुपन्देही २ का प्रतिनिधि सभा सदस्य एवं पुर्व अर्थमन्त्री विष्णु पौडेलले समेत प्रतिवद्धता जनाउनु भएको छ । पौडेलले बिहीबार स्वास्थ्य चौकीको स्थलगत निरीक्षण गरी अस्पताल बनाउन आफूले सम्बन्धित मन्त्रालयमा पहल गर्ने भन्दै ढुक्क बन्न आग्रह गर्नुभयो । ‘आनन्दवन स्वास्थ्य चौकी अब १५ शैयाको अस्पताल बन्छ, तपाईहरु ढुक्क हुनुस्’–पौडेलले भन्नुभयो –‘यसका लागि मैले सरकार र मन्त्रालयमा कुरा पुर्याउछु ’

सांसद पौडेलले खोलामुनि चट्टान परेकाले रोकिएको गोरकट्टा–मोतिपुर पुल अब शुरु हुने र तिनाउ दानव कोरिडोर सडक पनि बन्ने क्रममा रहेको बताउनुभयो । तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले हरेक वडामा कम्तिमा एउटा स्वास्थ्य संस्था पु¥याउने नगरपालिकाको नीति रहेको बताउनुभयो ।स्वास्थ्य चौकीको १० कठ््ठा जग्गा रहेकाले अस्पतालमा स्तरोन्नतिका लागि पहल गरिएको चौकीका प्रमुख ज्ञानप्रसाद पौड्यालले बताउनुभयो । हाल दैनिक ५० जना भन्दा बढी बिरामीले सेवा लिने गरेका र महिनामा सरदर २० जनाले प्रसुति सेवा समेत लिने गरेको स्वास्थ्य चौकीले जनाएको छ छन् । यो स्वास्थ्य चौकी तिलोत्तमा वडा नं ५, ६ र १३ का जनताका लागि पायक पर्ने ठाउँमा छ ।स्वास्थ्य चौकीको केही दिन अघि स्वास्थ्य विभागका महानिर्देशक डा. रोशन पोखरेलले समेत स्थलगत निरीक्षण गर्नु भएको थियो । अस्पताल बनाउन १५ करोड रुपैयाँ बजेट लाग्ने जनाइएको छ ।