लुम्बिनीमा पत्रकारहरुको जमघट हुदै , तयारि अन्तिम चरणमा

प्रकाशित मिति:

बुटवल / बुद्धजन्मस्थल रुपन्देहीको लुम्बिनीमा मंसिर १ देखि तीन दिनसम्म लुम्बिनी न्यूज फेस्टिवल–२०७६ हुने भएको छ ।‘संघीयतामा सञ्चार, समृद्धिका लागि मोफसल नै मुलधार’ भन्ने नाराका साथ लुम्बिनी प्रेस क्लब सिद्धार्थनगरको आयोजनामा फेस्टिवल हुदैछ । बुटवलमा आयोजकले पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारी ९० प्रतिशत सकिएको बताएका छन् । फेस्टिवलमा बिभिन्न ८ शीर्षकमा छलफल हुनेछ ।

न्यूज फेस्टिवललाई रुपन्देहीको ब्राण्डका रुपमा स्थापित गरिने लक्ष्य रहेको कार्यक्रम संयोजक दीपेन्द्र बडुवालले बताए । क्लबका अध्यक्ष दिपेश पछाईले मोफसलबाट पनि पत्रकारितामा केही गर्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम तय गरिएको बताए ।फेस्टिवलमा नेपालका राष्ट्रिय पत्रिकाका सम्पादक, टेलिभिजन तथा अनलाइनका सम्पादक, नेपालस्थित अन्तर्राष्ट्रिय सञ्चार माध्यमका प्रतिनिधि सहभागी हुनेछन् ।