हेर्नुहोस् त : यस्ता गल्ती गरे निजामती कर्मचारीको पेन्सन रोकिन्छ !

२८ कार्तिक २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – सामाजिक संजालमा निजामती कर्मचारीले सरकार विरोधी अभिव्यक्ति दिएको पाए निवृत्तभरण पेन्सन रोक्का हुने व्यवस्था ल्याउने तयारी भइरहेको छ ।प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा रहेको निजामती सेवा ऐनको विधेयकमा निवृत्तिभरण नपाउने व्यवस्था अन्तर्गत बुदा घ मा यो व्यवस्था उल्लेख गरिएको छ । साथै सरकारले गोप्य राख्नु पर्ने सुचना बाहिर खुलासा गरेको पुष्टी भएमा सरकारले निजामती कर्मचारीको पेन्सन रोक्का गर्नेछ ।यो नियम लागू भएसँगै अब निजामती कर्मचारीहले सामाजिक संजालहरुमा सरकार बिरुद्ध अभिव्यक्ति दिन पाउने छैनन् ।

छलफलमा रहेको उक्त ऐनमा पेन्सन नपाउने अवस्था चार बुँदा रहेका छन् । भ्रष्ट्राचार, किर्ते, राष्ट्रबिरुद्ध जाहसुसी, लागू औषध कारोबार, सम्पति सुद्धीकरण, पुरातात्विक सम्पति बेचबिखन, मानव बेचबिखन, अपहरण शरीर बन्धक, जातिय छुवाछुत, बहुविवह, जवरजस्ती करणी तथा नैतिक पतन देखिने अन्य फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरेमा पनि सरकारले पेन्सन रोक्का गर्न सक्नेछ यो व्यवस्था बुँदाको नम्बरको क मै उल्लेख गरिएको छ ।त्यसैगरी प्रचलित कानुन बमोजिम राज्यबिरुद्धको कसुर मानिने फैजदारी अभियोगमा कसुरदार ठहेमा र निजले बिदेशी मुलुकको स्थायी आवाशिय अनुमति प्राप्त गरेको खण्डमा पनि सरकाले निजामती कर्मचारीको पेन्सन रोक्का गर्न सक्ने उल्लेख गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • वसन्त चौधरीलाई कोरोना
  • मनाङमा अमेरीकावाट विभिन्न व्यक्तीहरु द्धारा सहयोग
  • बुटवलको कोरोना अस्पतालमा बिहानै २ जनाको मृत्यु
  • नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. द्वारा मंगलबार नव आगन्तुक…
  • त्रिभुवन विश्वविद्यालय अन्तर्गत वी.ए. पहिलो वर्ष, अँग्रेजी विषयको परिवर्तित पाठ्यक्रमको…
  • आज थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि
  • खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ विक्री बितरण सम्बन्धी छलफल
  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…