एकाएक लता मंगेशकरको निधनको खबर फैलिएपछि‘

प्रकाशित मिति:

एजेन्सी /;भारतकी लोकप्रिय गायिका लता मंगेशकरको निधन भएको हल्ला सामाजिक सञ्जालमा फैलिएपछि परिवारले खण्डन गरेको छ । एकाएक सामाजिक सञ्जालमार्फत उनको निधनको हल्ल‌ा फैलिएपछि परिवारले यो हल्ला झ‍ूठो भएको जनाएको छ ।बिहीवार सामाजिक सञ्जालमा लताको निधन भएको खबर फैलिएको थियो । यता परिवारले भने लताको स्वास्थ्यमा सुधार आएको जनाएको छ ।९० वर्षीय लताको स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई मुम्बईको ब्रिज क्याण्डी अस्पतालमा भर्ना गरिएको थियो । आईसीयुमा उपचार गराएकी लताको स्वास्थ्य अवस्था कमजोर भएको थियो ।

केही दिनयता उनको स्वास्थ्यमा सामान्य सुधार आएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै भारतीय मिडियाले लेखेका छन् ।परिवारले लता मंगेशकर निको हुँदै गएको र यस्तो हल्ला नफैलाउन आग्रह गरेको छ