विवाहमा साइँली औंलामा किन लगाइन्छ औंठी ?

२९ कार्तिक २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
21 Shares


काठमाडौं/बिवाहको बेला दुलहा दुलहीले एकआपसको साइँली औंलामा औठी लगाइदिन्छन् । साइँली औंलामै औठी किन लगाइन्छ भनेर धेरैलाई थाहा नहुन सक्छ । विवाहको चिन्ह स्वरुप औठी लगाइदिने चलन इशापूर्व ३००० मा शुरू भएको थियो ।त्यसबेलादेखी विवाहमा औठी लगाउने चल्दै आएको छ । पहिला औठी दुलहाका पितालाई विवाहको चिन्ह स्वरुप दिने चलन थियो । यो परम्परा प्राचीन रोमन र ग्रीक समयमा चलेको मानिन्छ । त्यतिबेला बायाँ हातको साइँली औंलामा औठी लगाइदिँदा सीधा मनसँग सम्बन्ध हुन्छ भन्ने मान्यता रहेको थियो ।

युरोपियन राष्ट्रहरूमा आंैठीको परम्परा बढी पाइन्छ । विवाहको औंठीले परिवारप्रतिको जिम्मेवार हुने र जिन्दगीभर श्रीमतीलाई रक्षा गर्ने सुत्रका रुपमा औंठीलाई लिने चलन छ । एक आपसमा प्रेम साटासाट गर्ने माध्यमका रुपमा पनि औंठी लगाइन्छ ।युरोपमा कयौं देशहरूमा दायाँहातको साइँली औलामा पनि औंठी लगाइदिने प्रचलन रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया