पूजापाठ गर्दा कतातिर मुख फर्काउने 

प्रकाशित मिति:

काठमाडौं – दिनदिनै बिहान बेलुका नियमित रूपमा पूजापाठ गर्दा घरमा सकारात्मक वातावरण कायम हुन्छ । त्यसबाट मनको नकारात्मक विचार नष्ट हुन्छ ।त्यसैले गर्दा घरमा मन्दिर वा पूजनकक्ष बनाउने परम्परा लामो समयदेखि चलिआएको छ ।घरमा पूजा गर्ने मानिसको मुख पूर्व दिशातर्फ फर्किएको शुभ हुन्छ । पूर्व दिशामा फर्किएर गरेको पूजाबाट श्रेष्ठ फल प्राप्त हुन्छ ।घरमा मन्दिर यस्तो ठाउँमा बनाउनुस् जहाँ दिनभरिमा एकछिनका लागि भए पनि सूर्यको प्रकाश परोस् ।

घरमा सूर्यको प्रकाश र ताजा हावा आउन पायो भने घरको वास्तु दोष शान्त हुन्छ । सूर्यको प्रकाशले वातावरणको नकारात्मक ऊर्जा अन्त्य हुन्छ र सकारात्मक ऊर्जा बढ्छ ।मन्दिरमा पूर्वजहरूको तस्वीर दक्षिण दिशामा झुण्ड्याएको राम्रो हुन्छ । सकेसम्म मन्दिरमा भन्दा पनि अर्कै कोठामा पूर्वजहरूको चित्र टाँग्नुस् ।पूजन कक्षमा पूजा सम्बन्धी सामग्री मात्र राख्नुस् । अरू केही पनि नराख्नुस् ।मन्दिर नजिक शौचालय हुँदा अशुभ हुन्छ । शौचालयभन्दा निकै पर मात्र मन्दिर बनाउनुस् ।घरको मन्दिरमा बिहान र साँझ अवश्य पूजा गर्नुस् । पूजा गरेपछि घन्टी अवश्य बजाउनुस् । पूजा सकेपछि घरभरि घुमेर पनि घन्टी बजाएको राम्रो हुन्छ । घन्टीको आवाजले नकारात्मकता नष्ट भएर सकारात्मकता बढ्छ ।