बाढीका कारण इटालीको जनजीवन अस्तव्यस्त

प्रकाशित मिति:

काठमाडौं / इटालीको भेनिस शहरमा आएको बाढीका कारण जनजिवन अस्तव्यस्त बनेको छ । शहरमा करिव ६ फिटसम्म पानी जमेकाले सरकारले आपतकालीन अवस्थाको घोषणा गरेको छ ।बाढीका कारण उक्त शहरमा विद्युत कटौती भएको छ । विश्व सम्पदा सूचिमा रहेका महत्वपूर्ण स्थानहरुमा पनि बाढीले प्रभावित पारेको बताइएको छ । कतिपय ऐतिहासिक संग्रहालयहरु बन्द गराइएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

इटालीका प्रधानमन्त्री ज्युसेपे कोन्टेले बाढी प्रभावितहरुलाई तत्काल उद्धार तथा राहतको व्यवस्था गर्ने बताएका छन् । उनले आपतकालीन अवस्थामा धैर्य रहन पनि देशवासीलाई अपील गरेका छन् ।भेनिस शहर इटालीको उत्तरपूर्वी तटमा पर्ने एक ल्यागुनभित्र एक सय भन्दा बढी टापुहरु मिलेर बनेको छ ।