खाली पेटमा लसुन खानुका फाइदै फाइदा

प्रकाशित मिति:

एजेन्सी /लसुनमा धेरै गुणकारी तत्व रहेका हुन्छन् जसले हामीलाई विभिन्न रोगहरुबाट मुक्त गराउँछ । आयुर्वेदमा त लसुनलाई औषधी नै मानिएको छ । हामीले कुनै न कुनै रुपमा आफ्नो खानामा लसुनलाई मिसाउन आवश्यक छ । तर बिहान सबेरै खाली पेटमा लसुन खानाले हामीलाई सबैभन्दा धेरै फाइदा हुन्छ ।स्वस्थ मुटु:लसुनले मुटुसँग सम्बन्धित रोगहरुलाई दूर गर्छ । लसुन खानाले रगत स्वस्थ रहन्छ र हर्ट अट्याकको खतरा कम भएर जान्छ । लसुन र महको मिश्रण खानाले धमनीमा जम्मा हुने खराब तत्व हराएर जान्छ जसले ब्लड सर्कुलेशनलाई सही तरीकाले मुटुसम्म पुगाउँछ ।उच्च रक्तचापबाट छुटकारा:लसुन खानाले उच्च रक्तचापबाट छुटकारा दिलाउँछ । लसुनले ब्लड सर्कुलेशनलाई कन्ट्रोल गर्न मद्वत गर्छ । चिकित्सकहरुले उच्च रक्तचापबाट पीडित व्यक्तिहरुलाई हरेक दिन लसुन खान सल्लाह दिने गरेका हुन्छन् ।पेटको बिरामीहरु छूमन्तर:पेटसँग सम्बन्धित बिरामीहरु जस्तै डायरिया, कब्जियतको रोकथामका लागि पनि लसुनको सेवन निकै उपयोगी छ । पानी उमालेर त्यसमा लसुन राखेर खाली पेटमा खाने हो भने यसले डायरिया र कब्जियतबाट मुक्त गराउँछ । लसुनले शरीरमा रहेको हानिकारक तत्वहरुलाई बाहिर निकाल्न पनि मद्वत गर्छ ।

पाचन प्रणालीमा सहयोगी:लसुनले हाम्रो पाचन प्रणालीलाई राम्रो बनाउने क्षमता राख्छ । खाली पेटमा लसुनको पोडा चपाएर खाने हो भने पाचन राम्रो हुन्छ र यसले खानामा रुची पनि बढाउँछ ।टेन्सन बाट छुट्टी:यो कुरा थाहा पाएर हामीलाई अचम्म लाग्न सक्छ कि लसुनले तनाब कम गर्न पनि सहयोग गर्छ । हो, कतिपय अवस्थामा हाम्रो पेटमा एक यस्तो एसिड जम्मा हुन्छ जसले मानिसको मनलाई बेचैन बनाउन सक्छ । तर लसुनले यस्तो एसिड उत्पन्न हुन दिदैँन । लसुन खानाले टाउको दुःख्ने समस्या पनि कम गराउँछ ।दाँतको दुःखाईबाट छुटकारा:लसुनमा एन्टीबैक्टीरियल र दुःखाई कम गर्ने गुण पनि रहेको हुन्छ । यदि दाँतको दुःखाई छ भने लसुनलाई पिसेर दुःखाई भइरहेको दाँतमा लगाउँदा केही समयमै दुःखाई हटेर जान्छ । यति मात्रै होइन खाली पेटमा लसुनको सेवनले नसा झमझमाउने समस्या पनि हराएर जान्छ ।रुघाखोकीमा राहत:लसुनले स्वाससँग सम्बन्धित रोगहरुको रोकथाममा पनि सहायक भूमिका निभाउँछ । यस्तै रुघाखोकी, निमोनिया तथा ज्वरोका बिरामीहरुका लागि पनि लसुनले प्राकृतिक औषधीका रुपमा काम गर्छ ।