तेस्रो खेलमा पहिलो जीत खोज्दै नेपाल

प्रकाशित मिति:

काठमाडौँ /भारतमा जारी यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो खेलमा नेपालले आज ९शुक्रबार० भारत ‘बी’ सँग प्रतिस्पर्धा गर्दैछ ।अघिल्ला दुई खेलमा लगातार हार व्यहोरेको नेपालले तेस्रो खेलमा भारत ‘बी’ सँग खेल्न लागेको हो । हैदरवादमा हुने खेल ९स्१५ मा शुरु हुनेछ ।

भारत ‘बी’ विरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । नेपाल तेस्रो खेलमा अंक जोड्न चाहन्छ । तर, उत्कृष्ट प्रदर्शन गरिरहेको भारत ‘बी’ माथि जित निकाल्न नेपाललाई कठिन चुनौती भने रहेको छ ।यस अघि पहिलो खेलमा नेपाल भारत ‘सी’ सँग १० विकेटले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा भारत ‘ए’ टिमसँग १ सय ७ रनले पराजित भएको थियो ।