‘बच्चन पाण्डे’ मा अक्षय र कृतिको जोडी

२९ कार्तिक २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


एजेन्सी /बलिउड सुपरस्टार अक्षय कुमारको नयाँ फिल्म ‘बच्चन पाण्डे’ मा अभिनेत्री कृति सेननको प्रवेश भएको छ । यो फिल्म अर्को वर्षको क्रिसमसमा रिलिज हुँदैछ । यसअघि कृतिले अक्षयसँग फिल्म ‘हाउसफुल ४’ मा काम गरेकी थिइन् । दोस्रो पटक यो जोडीलाई पर्दामा हेर्न निकै रोचक हुने देखिन्छ । कृतिलाई फिल्ममा स्वागत गर्दै प्रोडक्शन कम्पनी नाडियाडवाला ग्रान्डसनको आधिकारिक एकाउन्टबाट गरिएको ट्वीटमा भनिएको छ, ‘हामी अत्यन्त खुसी भएका छौं कि कृतिले हाम्रो क्रिसमस अझ राम्रो बनाउनेछिन् । एनजीइएफ परिवारमा ‘बच्चन पाण्डे’ सँगै तिमीलाई एकपटक फेरि स्वागत छ ।’

‘बच्चन पाण्डे’ मा अनुबन्ध भएपछि कृतिले फेरि एकपटक अक्षय र निर्देशक फरहाद समजीसँग काम गर्नका लागि आफू निकै उत्साहित रहेको बताएकी छन् । उनले भनेकी छन्, ‘यो रीयूनियनका लागि उत्साहित र रोमान्चित छु । यो क्रिसमस सानदार हुनेवाला छ । ‘बच्चन पाण्डे’ मा काम गर्नका लागि प्रतिक्षा गर्न सकेको छैन ।’ निर्देशक फरहाद समजीले यसअघि ‘हाउसफुल ४’ निर्देशन गरेका थिए । ‘बच्चन पाण्डे’ को फस्टलुक रिलिज भैसकेको छ । जहाँ अक्षय कुमार मात्र फिचर्ड छन् । यो फिल्म तमिल सुपरस्टार अजीत कुमारको ब्लकबस्टर फिल्म ‘वीरम’ को हिन्दी रिमेक हो । अक्षय र नाडियाडवालाको यो दोस्रो सहकार्य हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेशसभामा कांग्रेसले अविश्वास प्रस्तावको पक्षमा मत हाल्छ : नेता पौडेल
  • कैलालीका नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश
  • लायन्स क्लब अफ बुटवल मुक्तिनाथ द्वारा मानब सेवा आश्रममा सहयोग
  • नेम्बाङको स्मृतिमा साहित्यकार डा: गोविन्द भट्टराइलाई सम्मान गरिने ।
  • कलश बचतद्धारा कोरोना बिशेष ऋण सार्वजनिकः जिल्लामै पहिलो पटक एक…
  • युवराज ज्ञवाली भन्छन् : अदालतले संविधान संशोधन र ‘सन्काहा’को निर्णय…
  • शान्ति नमुनामा अभिभावक भेला
  • दाङ्ग जिल्लामा पहिलो पटक जुरे हुटिट्याँउ पानी चरा अभिलेख
  • भारत्तोलक विश्व च्याम्पियन रुप कार्कीको निधन
  • प्रचण्डको गर्जन : ओलीको सेटिङ भत्काएर जनताको सेटिङ खडा हुन्छ