बंगलादेशका राष्ट्रपति हमिद आज स्वदेश फर्कदैं

प्रकाशित मिति:

काठमाडौं/ बंगलादेशका राष्ट्रपति अब्दुल हमिद चार दिने नेपालको राजकीय भ्रमण सकेर आज स्वदेश फर्कदैं छन् ।बंगलादेशको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार काठमाडौं आएका राष्ट्रपति हमिद आज स्वदेश फर्किनुअघि चन्द्रागिरी र पाटन दरवारस्क्वायरको भ्रमण गर्नुहुने कार्यतालिका छ ।

हिजो पोखरा घुम्न गएका राष्ट्रपति हमिद बुधबार उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त रहेका थिए । उनले राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र विभिन्न दलका नेताहरुसँग भेटवार्ता गरेका थिए ।राष्ट्रपति हमिद आज अपरान्ह साढे चार बजे स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।