मुग्लान पस्ने कहालीलाग्दो बिवसता

प्रकाशित मिति:

अर्जुन ज्ञवाली
हिन्दुहरुको महान चाड दशै तिहार चाडपर्वका राजा नै हुन । अघि पछी बर्षभरी पढ्ने लक्ष्यका साथ वा दाम कमाउने उद्धेश्यका साथ गाउँ बाहिर गएका सबैजना आफ्नो जन्मस्थल प्यारो गाउ सम्झेर फर्कन्थे । त्यतिबेला खास गएर भारतको सिलाङ्ग, दिल्ली, पन्जाव, कर्नाल, लुधीआना, चन्डीगढ, बम्बइ आदि लगायतका भारतका अन्य ठाउमा रोजगारीको लागि जान्थे । कोहि भारतीय सेनामा भर्ती हुन्थे । सबै मुग्लानीहरु दसै तिहारमा आफ्ना मातापिता, आफन्तजन, प्रियजन, आफ्ना लालाबालालाइ भेट्न दुइचार दिन भए पनि आफ्नो परिवारसँग बस्न जन्मघर सम्झेर आउथे । अनि रमाउथे । बिदेश जानेलाई हामी लाहुरे जाने भन्थ्यौ । फलनो लाहुर गयो । फल्नो लाहुरे भयो । फलनो लाहुरे गाउमा आएछ्न भनेर कुरा गरेको हामी सुन्थ्यौ । आफ्नो, आफ्नो परिवार र आफ्ना सन्ततिको जिजिभिषाको लागि भिसा नलगाइ भारत पस्ने लर्को नै लाग्थ्यो । गाउमा खेती किसानी गरर पनि बर्षभरी खान नपुग्ने र गाउमा आम्दानीका अन्य बिकल्प नहुने दाजुभाइहरुलाइ परिवार छोड्नुको मनभरी पीडा लिएर आखाभरी धन कमाउने सपना बोकेर मुग्लान बस्नु पर्ने बाध्यता थियो । एकआद बाहेक सबैे सबैको साझा समस्या थियो । अहिले पनि अवस्था उस्तै हो । नेपाली दाजुभाइ दिदीबहिनी भिसा लगाएर हवाइजहाज चडेर अलि टाढा मात्र पुगेका हुन । समस्या उस्तै हो पीडा र दर्दका घाउहरु उनै हुन । बत्ति जस्तै झलझल बोल्ने उज्याली जीवन सङ्गेनि र दुइटा दात उम्रेका तोते बालक छोडेर मुग्लान पस्ने कहालीलाग्दो बिवसता शब्दमा व्यक्त गर्न सकिदैन । यस्ता पीडा कैयौं पिडि र पुस्ताले गुजार्दै आए । अझै कति पुस्ताले गुजार्नुपर्ने हो ? थाहा छैन । कतिपय दाजुभाइ लाहुर गएर उतै हराएको र लामो समय घर नर्फकेको हामीले पनि जान्यौ । खोइ किन नर्फेकेका होलान तिनीहरु । आफ्नो सन्तान मुग्लानबाट नफर्कीदाको पिडा झन दर्दनाक हुन्थ्यो । बृद्ध बुवाआमा आफ्नै मुग्लानी सन्तानको बाटो हेरेर बस्नुपर्ने बाध्यता थियो । आखा भरी आशुका धारा टिलपिल टिलपिल गरेरका बृद्ध बुबाआमा देख्दा मनमा साह्रै पिडा बोध हुन्थ्यो र असय पिडा हुन्छ अहिले पनि ।
लहलाउदी आफ्नो जिवन संगेनी र आफ्ना प्राण प्रिय सन्तानको माया बिर्सेर किन मुग्लानी भएहोलान ? मनमा यस्तै भावना उज्जेलीत हुन्थ्यो । उता प्रदेशीको विवसता के थियो कसलाइ थाहा थिएन । मर्दोजिउदो केही थाहा हुने थिएन । बिलाशिताले भुल्यो वा विवसताले आफ्नो जन्मभुमी भुल्यो केही थाहा हुदैन्थ्यो । रोगले थलिएर बित्यो वा मुग्लानी गल्लीमा पागल भएर भौतारिएरकोछ केही थाहा हुने थिएन । लाहुर पसेका मुग्लानीहरु बेलाबेलामा चिठी पठाउथे घरमा । मलाइ ती चिठीहरु पढ्न दिएको याद छ । पढ्नेलाक्ष् चिठी बाच भन्थे । मैले चिठी पढ्दा प्रदेसीका बुवाआमा र जिवन साथीको आखाभरी अाँशु भरिन्थे । कतिपय त आफ्नो सन्तान सम्झेर, कतिपय आफ्नो जिवन सहयात्रीि पति सम्झेर हिक्क हिक्क गरेर रुनु हुन्थ्यो । पढ्दै गर्दा कती पटक मन थाम्न सकेको थिएन मेरो आँखाको आँशुले चिठी नै भिज्थ्यो । यस्तो लाग्थ्यो त्यतीदबेला यती धेरै पिडा किन ? किन यत्रो विवसता ? के नेपालमा जन्मनु अभिशाप हो । किन यस्तो ? खान नपुगेर, लगाउन नपुगेर बिदेश पस्ने बाध्यता किन ? के यो देशमा केही पनि सम्भव छैन ? के हामी सधै बिदेशीको गुलाम, उनीहरुको नोकरचाक्कर गरेर बस्ने हो ? के हाम्रो र लालावालाको भविश्यको लागि बिदेश पसिरहनुपर्ने हो ? यो पिडा अझै कति पिडीले भोग्नु पर्ने हो ? यस्ता यावत गम्भिर प्रश्नले मेरो मुटुलाइ अहिले पनि छियाछिया बनाउछ । अहिले पनि अवस्था उस्तै छ । फरक त्यती हो पहिला भारत जान्थे, अहिले अलि टाढा गएकाछन । साउदी कतार लगायतका खाडि मुलुक , पुर्व एसीयाली मुलुक मलेसिया , कोरिया, जापान, त्यस्तै अमेरिका क्यानडा एवंम अस्ट्रेलिया, बेलायत लगायतका संसारका थुप्रै देशमा कामका लागि जानुपर्ने बाध्यता अहिले पनि छ । झण्डै ४० लाख भन्दा बढि नेपाली अहिले पनि मुग्लानी बनेको अवस्था छ ।
बिदेशका बिवसताका पिडा र दर्दहरुलाइ एक्कैछिन भएपनि बिर्सन र बिश्राम गर्न घर आउनुहुन्थ्यो । सायद घर सम्झेर आउन कति हतार हुन्छहोला उनै प्रदेसीको मनलाइ थाहाहोला । घरको प्रतिक्षा अझै हतार र अत्यासलाग्दो हुन्थ्यो । जेजस्ता पिडा मनमा तिर बनेर बसेपनि मुग्लान पसेका सबै दशै तिहार सम्झेर आउथे । सबैभन्दा धेरै खुसी ल्याथे । रगत सुकाएर, पसिना बेचेर पैसा पनि ल्याउथे । घरमा चाहिने लत्ताकपडा बेडिङ्गमा बाधेर ल्याएको हामिले पनि देख्यौ । जे जे ल्याए पनि हामी केटाकेटीलाई लाहुरका चक्लेट नै प्यारा लाग्थे । चक्लेट खान पाइने हुदा कहिलेकाही मेरो बुबा पनि लाहुरे गए हुन्थ्यो जस्तो लाग्थ्यो । बुबा भने लाहुर जानू भएन । खेतीकिसानी, आधुनिक तरकारी, दुकान र पुजापाठको काम गर्नुहुन्थ्यो । त्यसैबाट हाम्रो दैनिकी चल्दथ्यो । उबेला बुटवलबाट भरिया बोकाएर सामान लगेर व्यापार शुरु गरेको किस्सा अहिले पनि सुनाउनुहुन्छ बुबाले ।

कतिपय त आफ्नो सन्तान सम्झेर, कतिपय आफ्नो जिवन सहयात्रीि पति सम्झेर हिक्क हिक्क गरेर रुनु हुन्थ्यो । पढ्दै गर्दा कती पटक मन थाम्न सकेको थिएन मेरो आँखाको आँशुले चिठी नै भिज्थ्यो । यस्तो लाग्थ्यो त्यतीदबेला यती धेरै पिडा किन ? किन यत्रो विवसता ? के नेपालमा जन्मनु अभिशाप हो । किन यस्तो ? खान नपुगेर, लगाउन नपुगेर बिदेश पस्ने बाध्यता किन ? के यो देशमा केही पनि सम्भव छैन ? के हामी सधै बिदेशीको गुलाम, उनीहरुको नोकरचाक्कर गरेर बस्ने हो ? के हाम्रो र लालावालाको भविश्यको लागि बिदेश पसिरहनुपर्ने हो ? यो पिडा अझै कति पिडीले भोग्नु पर्ने हो ? यस्ता यावत गम्भिर प्रश्नले मेरो मुटुलाइ अहिले पनि छियाछिया बनाउछ । अहिले पनि अवस्था उस्तै छ । फरक त्यती हो पहिला भारत जान्थे, अहिले अलि टाढा गएकाछन । साउदी कतार लगायतका खाडि मुलुक , पुर्व एसीयाली मुलुक मलेसिया , कोरिया, जापान, त्यस्तै अमेरिका क्यानडा एवंम अस्ट्रेलिया, बेलायत लगायतका संसारका थुप्रै देशमा कामका लागि जानुपर्ने बाध्यता अहिले पनि छ । झण्डै ४० लाख भन्दा बढि नेपाली अहिले पनि मुग्लानी बनेको अवस्था छ ।

बुबा लाहुरे भए हुन्थ्यो भन्ने मेरो रहर रहर मै बित्यो । दशैमा सबैको घरमा रमाइलो छाउथ्यो । बर्षै देखि भेट नभएकाको पारिवारिक भेटघाटले सबै खुसी हुन्थे । दसैको दिन सबैको घरमा टीका लगाउन जान्थ्यौ । अहिलेपनी सबै घरमा अनिबार्य जान्छौ । सबैले आशिष् दिनुहुन्थ्यो । निधारमा रातो टीका, कानमा पहेला जमरा र आषिस ग्रहण गर्दै बर्ष भरीलाइ आत्मबिस्वासको शक्ति प्राप्त हुन्थ्यो । सबैको घरमा पैताला राख्ने दशै राम्रो मौका हुन्थ्यो । अरुलाइ हेप्ने, आफैले आफुलाइ गाउका ठुला ठालु भन्ने कतिपय मनमा पाप राख्नेहरु सबैकोमा जाने थिएनन । हाम्रोमा फलानोहरु आएनन भनेको हामी सुन्थ्यौ ।
खै किन हो चिटिक्क र च्याट्ट हुनेहरु नै हेपेर जाने थिएनन। बैहिस्कार गर्थे । हेला गर्दथे । तर मलाइ भने जो त्यस्ता मनमा कुबिचार लिनेकोमा जानुपर्छ भन्थे । कुकुरले आचि खायो भनेर मान्छेले त आची खानु भएनन न भिनेर सम्झाउथे । तिनैकोमा जान मन लाग्थ्यो । जान्थे पनि । गाउका सबै मान्यजनबाट आयु द्रोण सुते श्रीयं दशरथे शत्रुक्षयंम राघवे, ऐश्ष्र्य नहुषे ….।। ..जयन्ती मङ्गलाकाली भद्रकाली कपालीनी……यस्तै पवित्र मन्त्रोउच्चारणसहीत आशीर्वाद प्राप्त गरिन्थ्यो । दुर्गा प्रसाद स्वरुप सेलरोटी, काक्राको अचार, गिठा, मुला, केराउ, इस्कुस अचार पाइन्थ्यो । काक्राको अचार खुव मीठो हुने । रोटी झोला प्लास्टिक वा टपरीमा अमिलो पिरो टक्क अचार चाटी चाटी खाइन्थो । मुख रमरम पिरो हुन्थ्यो । क्या मज्जा आउथ्यो । मामा घर पनि गइन्थ्यो । दसैमा नयाँ नयाँ नोट पैसा कट्कट्ती पट्कने गोजिमा गज्याम गुजुम राखिन्थ्यो । पछी एक्लै भए पछी कति रकम भएछ भनेर गनिन्थ्यो । दसैको भोलि पल्टदेखी सरायँ नाच हुन्थ्यो शक्तिपिठ कोटकोटहरुमा । कतिपय ठाउमा त दशैको बेलुका नै सरायँ नाच हुन्थ्यो । डुमडुमडुम बाजा, कुत्तित्तुत्तत्तुत्तु धौकिरी, सने बाजा, झेली बजाएर सरायँ नाच गरिन्थ्यो । अहिले पनि यसरी नै हुन्छ । तरवार, खुकुरी, मयुरको प्याख, यस्तै काठका तरवार अनि रुमाल हल्लाउदै सरायँ खेलोको हामी हेर्थौ । पछी अलि ठूलो भए पछी हामी पनि खेल्यौ । यो क्रम पुर्णिमाको दिनसम्म चल्थ्यो । दशै पछीको पुर्णिमालाइ हामी अर्घाको पुन्यु भन्थ्यौ ।

धुर्कोटको प्रभाव भएरपनि त्यहा अहिले पनि अर्घा कै पुन्यु भन्ने चलन छ । तर सरायँको नाँच धुर्कोट र अर्घा एकै दिन पुर्णिमाको दिन नै हुन्थ्यो र हुन्छ । बिहान राती नै धुप ध्वजा बोकेर बुबासग अर्घा गएको याद अहिले पनि आउछ । विहान केही खाएर हिडे जस्तो लाग्छ । त्यो समयमा टाडा जानू पर्यो भने बिहान खाना पकाएर अझ घिउसग भात तरकारी मुछेर टन्न खाएर जाने चलन थियो । लामो बाटो हुने त्यसमाथी त्यतीबेला होटेलहरु हुने थिएनन । बुबासग अर्घा गएर दिउँसोको खाजा खिर खाएको याद छ मलाइ । आमाले दिउँसो खाजाको खिर पठाइदिनुभएको रहेछ, खुव खाइयो । रातीबाट नै लामो सफर हिडेर होला अर्घाको पुर्व दक्षिणमा माथी पट्टी बारीको छेउबाट राम(जात्रा) हेर्दा हेर्दै निदाएछु । त्यहा तरुल, सकर खण्ड, सुन्तला, मौसम फलफूल लगायात डोको नाम्लो, सुपो(नाग्लो) यस्तै धेरै कुराहरु बेच्न ल्याए जस्तो लाग्छ । मान्छे एकदम धेरै भिडभाड हुन्थ्यो । यस्ता मेला टाडा टाडाका इस्टमित्र भेटघाटको राम्रो अवसर हुन्थ्यो । चौरभरी जुल्पी(जेरी) पकाउनेको ताती हुन्थ्यो । स्वादिलो तातो तातो जेरी चुरुमचुरुम खादाको मज्जा नै बेग्लै थियो । उबेला हिडेर जादा सारै थकाइ लागेको थियो । हामी पछी अलि ठूलो भैसकेपछि साथी भाइसग गैयो अर्घा । अर्घामा सास्कर्तिक कार्यक्रम हुन थाले पछि हामी अघिल्लो दिन जान्थ्यौ । चर्तुदसीको दिन दिउँसो साझ पर्ने बेला उहीँ पुगिन्थ्यो । राती टक टक जुनमा शीतको थोपाहरु चुम्दै रक्तिमको सास्कृतिक कार्यक्रम हेर्थ्यौ । साच्चै रक्तिमका गित सुन्दा मनमा देश परिवर्तन ज्वारभाटा निस्कन्थे ।
—संस्मरणः जन्मभुमीबाट( पाँचौ भाग)