तरुण दलद्वारा बन्दको आह्वान

प्रकाशित मिति:

नेपालगञ्ज– पेस्तोलसहित पक्राउ परेका आफ्ना नेता छुटाउन नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले नेपालगन्ज बन्दको आह्वान गरेको छ। बन्दका कारण उद्योग ,शिक्षण संस्था, यातायात प्रभावित भएको छ । तरुण दल नेपालगन्जका सभापति सन्दीपजंग शाहसहित पक्राउ परेका नेता कार्यकर्ता छुटाउनका लागि बन्दको आयोजना गरिएको तरुण दलले जनाएको छ ।

कात्तिक १४ गते इलाका प्रहरी कार्यालय कोहलपुरले नेपालगन्जबाट पेस्तोलसहित उनीहरुलाई पक्राउ गरेको थियो । तरुण दलले उनीहरूलाई प्रहरीले फसाउन आफैं पेस्तोल गाडीमा राखेर समातेको आरोप लगाएको छ । प्रहरीले एक रिसोर्टमा पार्किङ गरिएको निजी कार चेकजाँच गर्ने क्रममा चालक बस्ने सिटको मुनि लुकाइराखेको मेड इन युएसए लेखेको अटोमेटिक पेस्तोलसहित शाहसहितलाई पक्राउ गरेको थियो । उक्त पेस्तोल शाहकै गाडीबाट बरामद भएको प्रहरीले बताउँदै आएको छ । तर तरुण दलका एक नेतालाई धम्कीदिएको अडियो सार्वजनिक भएपछि प्रहरीको आलोचना भएको थियो ।