के तपाईं जागिर खान चाहानुहुन्छ ? दुग्ध विकास संस्थानले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

प्रकाशित मिति:

काठमाडौँ– दुग्ध विकास संस्थानले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । संस्थानले अधिकृत स्तर र सहायक स्तरमा गरेर १२३ जना कर्मचारीको माग गरेको छ ।

संस्थानले शुक्रबार एक सूचना प्रकाशित गरी अधिकृतस्तरमा ३३ जना र सहायक स्तरमा ९० जना कर्मचारी माग गरेको हो । आन्तरिक प्रतियोगिता, खुला तथा समावेशी पदको प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गरिने संस्थानको पदपूर्ति समितिले जारी गरेको सूचनामा उल्लेख छ । आगामी मंसिर १९ गतेभित्र र दोब्बर दस्तुर तिरी मंसिर २६ गतेभित्र आवेदन दिन सक्ने सूचनामा जनाइएको छ ।