पारसलाई ‘अनफलो’ गरेका सन्दीपले किन गरे ‘फलो ब्याक’?

प्रकाशित मिति:

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान पारस खड्कालाई युवा स्टार सन्दीप लामिछानेले ट्वीटरमा फलो गरेका छन् । टि–१० लिग खेल्न युएई पुगेका सन्दीपले पारसलाई फलो गरेका हुन् । यसअघि सन्दीपले पारसलाई ट्वीटरबाट अनफलो गरेका थिए । जसका कारण सन्दीपको आलोचना पनि भएको थियो । सन्दीपको ट्वीटरमा १ लाख ७० हजार ६ सय फलोअर रहेका छन् भने उनले मात्रै १९ जनालाई फलो ब्याक दिएका छन् । जसमा पारससँगै अस्ट्रेलियाका पूर्व कप्तान ग्लेन म्याक्सवेल, माइकल क्लार्कसहित नेपाली क्रिकेट टोलीका खेलाडीलाई फलो ब्याक दिएका छन् ।

सन्दीले बिहीबार राति टि–१० का लागि युएईमा रहेका निवर्तमान कप्तानसँगको फोटोसमेत सार्वजनिक गरेका थिए । यसअघि सामाजिक सञ्जालमा पारसलाई अनफलो गरेको भन्दै पारसका प्रशंसकले सन्दीपको आलोचना गरेका थिए । टि–१० मा पहिलो पटक परेका पारसको टोली अबुधाबी समूह बि मा छ । उसले आफ्नो पहिलो खेल आज खेल्दैछ । अबुधाबीले कलन्दर्ससँग प्रतिस्पर्धा गर्दै लिगमा शुरुवात गर्दैछ । पहिलो पटक लिग खेल्न युएई पुगेका नेपाली टोलीका निवर्तमान कप्तान खड्काले भने टोलीको पहिलो खेलमा स्थान पाउने नपाउने बारे कुनै संकेत छैन् । यता, लेग स्पिनर लामिछाने कर्नाटक टस्कर्समा आवद्ध छन् । उनको टोली समूह ए मा रहेको छ ।