कर फिर्तासम्बन्धी कागजपत्र बुझाउन माग गरिएको फैसला उल्टाउन ट्रम्पको माग

२९ कार्तिक २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
23 Shares


एजेन्सी– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो कर फिर्तासम्बन्धी कागजपत्र बुझाउन माग गरिएको एउटा फैसला उल्टाउन सर्वोच्च अदालतसँग माग गरेका छन् । न्यूयोर्कस्थित अभियोजनकर्ताहरूको मागपछि एउटा फौजदारी अनुसन्धान अन्तर्गत ती कागजपत्र उपलब्ध गराउन म्यानहाटनको अदालतले ट्रम्पका नाममा आदेश दिएको थियो । सन् २०१६ को राष्ट्रपतीय चुनावअघि ट्रम्पसँग सम्बन्ध रहेको भनिएका दुई महिलालाई तिरिएको भनिएको रकमबारेको अनुसन्धान अन्तर्गत ती कागजपत्र माग गरिएका हुन् ।

आफ्ना कर सम्बन्धी कागजपत्र सार्वजनिक गर्न अस्वीकार गर्ने ट्रम्प दशकौं यताका एक मात्रै अमेरिकी राष्ट्रपति भएको बीबीसीले जनाएको छ । आफ्ना कर सम्बन्धी विवरणलाई गोप्य राख्ने यो राष्ट्रपति ट्रम्पको सबैभन्दा पछिल्लो प्रयास हो । यसै महिनाको सुरूमा न्यूयोर्कको एउटा अदालतले अभियोजकहरूले ट्रम्पको लेखा हेर्ने फर्मबाट उनको व्यक्तिगत र व्यापारिक दुवै सूचना माग गर्न कानूनी सूचना जारी गर्नसक्ने उल्लेख गरेको थियो । उक्त फौजदारी अनुसन्धान ट्रम्पसँग सम्बन्ध रहेको भनिएका दुई महिलालाई त्यसलाई गोप्य राख्न दिएका रकमको बिषय जोडिएको बताइन्छ । ट्रम्पले त्यसलाई अस्वीकार गर्दै आएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • गुठी विद्येयक छिट्टै अघि बढाउँछौं : मन्त्री अर्याल
  • हिसान जिल्ला स्तरीय वक्तृत्वकलाको उपाधी मणिमुकुन्दका सेजललाई
  • सहज परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
  • पशुपति क्षेत्रमा राख्न भारतबाट ल्याइएका मूर्ति मुलभट्टको निवासमा
  • यहुदीलाई ‘राष्ट्रियता’ को व्याख्या गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ट्रम्प
  • पूर्व अर्थमन्त्री डा. रामशरण महतको पुस्तक सार्वजनिक
  • यि दुई डिएसपीका कारण देशको अन्तर्राष्ट्रिय स्तरमा बेइज्जत
  • स्वर्ण विजेता खेलाडीलाई ९ लाख दिने घोषणा, गौरिकालाई ११ लाख
  • चिकित्सा शिक्षामा ६८ विद्यार्थी, ७५ प्रतिशत छात्रबृत्तिका लागि छनोट (नामावलीसहित)
  • कानुन व्यवसायी भन्छन : ‘विधिको शासन सरकारबाटै मिचियो ’