चितुवाको आक्रमण बाट बालिकाको ज्यान गयो

प्रकाशित मिति:

भदौ २५ अर्घाखाँची /
अर्घाखाँचीमा चितुवाको आक्रमणबाट आज एक बालिकाको ज्यान गएको छ । आक्रमणबाट जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ८ किमडाँडामा सन्धिखर्क १० धरमपानीकी ६ बर्षिया सदिक्षा रानाको ज्यान गएको पत्रकार सहयोगी बिसीले जानकारी दिएकाछन् ।
चितुवाले लगेको खबर पाएर उद्धारमा खटेको प्रहरी लगायतको टिमले उनलाई मृत अवस्थामा फेला पारेको हो । घटनास्थलको प्रकृति मुजुल्का सहित पोस्टमार्टमको निम्ति जिल्ला अस्पताल लैजाने तैयारी भैरहेको छ।
घटनाको खबर पाउना साथ जिल्ला प्रहरी कार्यालयको टोलि घटनास्थलमा आई तिब्रताका साथ खोजिकार्यमा सहभागी भएका थिए।
अहिलेसम्म अर्घाखाँची जिल्लामा चितुवाको आक्रमण बाट डेढदर्जन बालबालिकाको ज्यान गइसकेको छ ।