भारतबाट नेपाल ल्याइँदै गरेका १२ भैंसी र ५ पाडा प्रहरी नियन्त्रणमा

प्रकाशित मिति:

काठमाडौं– भारतबाट तस्करी गरेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा पर्सा प्रहरीले १२ वटा भैँसी र ५ वटा पाडा नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बिहीबार राति ८ः१० बजेको समयमा भैंसी र पाडा नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएका भैंसी तथा पाडालाई आवश्यक कारबाहीका लागि भंसार कार्यालय वीरगन्जमा बुझाउने तयारी गरेको छ । पछिल्लो समय भारतबाट राजश्व छलि गरी तथा क्वारेन्टाइन नै परीक्षण नगरी पशु आयात भइरहेको भन्दै प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।

थप समाचार