नेपाल जमिनमा गिद्धे नजर लगाउने भारतलाई यस्तो ठूलो झड्का

प्रकाशित मिति:

काठमाडौ – अहिले नेपालमा भारतको चर्को विरोध भइरहेको छ । लामो समयसम्म असल मित्रको रुपमा भाइचारा सम्बन्ध कायम भएको भारतसँग नेपालीहरु रिसाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक सरकारमा आएपछि भएको नाकाबन्दीपछि नै नेपालीहरुमा भारतप्रतिको विश्वास गुम्दै गएको थियो । भारतमा हिन्दुवादी सोच लिएर दुई तिहाईका साथ सरकार बनाएको भारतीय जनता पार्टी लगातार दुई पटक केन्द्रमा आउँन सफल भयो । तर त्यो नतिजा नेपालका लागि भने दुखद रह्यो । भारतमा अहिले एक खालको डर उत्पन्न भएको छ । मोदी सरकारले मुस्लिमहरुलाई देश निकाला गर्छ कि भन्ने डर धेरैमा देखिएको छ । हालै भारतको सर्वोच्व अदालतले अयोध्या मामलामा सरकारकै बोली बालेको आरोप लगाइएको छ । भारतमा विभिन्न शहरहरुको नाम परिवर्तन भइरहेको छ । कमजोर बन्दै गएको अर्थतन्त्र, बढ्दो बेरोजगारी, गरिबी, भोकम रीसँगै जल संकटको ठुलो समस्या भारतमा देखिएको छ । तर अहिले मोदी सरकार यी भन्दा धेरै टाढाका विषयवस्तुहरुमा अल्झेको छ ।

भारतमा मोदीको विरोध गर्नेलाई पाकिस्तान जाउ भन्दै ध म्की दिने गरिएको छ । मोदी सरकारको आलोचना गर्ने धेरैलाई त भारत छोड्न बाध्य बनाइएको छ । भारतजस्तो देशलाई हिन्दु राष्ट्रको रुपमा विकास गर्न भाजपा सरकार हरसम्भव प्रयास गरिरहेको छ । अयोध्या मामलापछि भारतका चर्चित राजनीतिज्ञ, अखिल भारतीय मजलिस–ए–इत्तेहादुल मुसलमीनका अध्यक्ष असद ओवैसीले भारत हिन्दु राष्ट्रको मुद्धामा गइरहेको बताएका थिए । भारतमा अहिले पनि झण्डै २० करोड भन्दा धेरै जनसंख्या मुसलमानको रहेको छ । शिख समुदायको पनि पकड उस्तै रहेको छ । जसरी अहिले भारत अगाडी बढ्न खोज्दैछ, यसले निकट भविष्यमा ठुलो तनाब सिर्जना गर्ने संकेत देखिएको छ । कश्मीरमा ९ लाख सेनाको कब्जामा ८० लाखलाई नियन्त्रणमा लिइएको छ । लामो समय देखि भारतको आसाम राज्य स्वतन्त्रता माग्दै आइरहेको छ । पञ्जाबमा खालीस्तानको माग जोडतोडका साथ उठेको छ । यी बाहेक अन्य राज्यहरु पनि स्वतन्त्रताको माग गर्दै आएका छन् । नेपालसँग पनि भारतले सम्बन्ध खराब गरेको छ । कालापानी, लिपुलेकलगायत भुभाग मिचेर नेपालमा पनि भारत विरोधी अभियान सुरु भएको छ । खालीस्तानलाई अदृश्य रुपमा सर्मथन गर्नका लागि पाकिस्तानले करतारपुर करिडोर खुलाएको धेरैको बुझाई रहेको छ । भारतमा रहेका झण्डै १४ करोड भन्दा धेरै शिख समुदायको मन जित्नका लागि पाकिस्तानले उनीहरुका धर्मगुरुगुरु नानक जन्मेको स्थान नानकाना साहिब र नानकले अन्तिम सास लिएको ठाउँ करतारपुर विश्वभर भएका शिख समुदायका लागि ७० वर्षपछि खोलिएको छ । पाकिस्तानले उठाएको यो कदमले शिखहरु पाकिस्तानतर्फ ढल्कने अनुमान लगाउन थालिएको छ ।

पाकिस्तान एक मुस्लिम देश हो तर त्यहाँ विस्तारै परिवर्तन आउँन थालेको छ । पाकिस्तानमा इमरान खान सकरारमा आएपछि १२ भन्दा धेरै हिन्दु मन्दिरहरु खोलिएको छ । यदी भारत यसरी नै अगाडी बढ्यो भने भोलीका दिनमा भारत भित्रै गृह यु द्धको सम्भावना देखिएको भारतीय विश्लेसकहरुको दावा रहेको छ । अहिले पनि कश्मीरमा झण्डै ५० हजार भन्दा धेरै गोर्खा रेजिमेन्टको बलमा भारत पाकिस्तानसँग ल डिरहेको छ । संख्यामा पाकिस्तानको भन्दा दोब्बर धेरै सैनिक भए पनि भारतसँग गतिला हतियार नभएको भनिन्छ । चीनसँग पनि भारतको सम्बन्ध राम्रो छैन । अरुणाञ्चल प्रदेशलाई लिएर २ देशबीच तनाव भइरहेको छ । समयसमयमा चिनियाँ सेना भारत भित्र घुसेको खबरहरु आइरहेका हुन्छन् । नेपालको जमिन मिचेको खुलासा भएपछि चीनपनि भारतको विपक्षमा उभिएको छ । यसकारण भारतलाई ठूलै संकट पर्दैछ ।