मणि उजेशको पदहस्तान्तरण तथा पदस्थापन सम्पन्न

प्रकाशित मिति:

झविन्द्र देवकोटा / बुटवल – लायन्स क्लव अफ बुटवल मणि उजेशले पहिलो पदहस्तान्तरण तथा दोस्रो पदस्थापन कार्यक्रम बिहीबार बुटवलमा गरेको छ । लायन्स क्लव अफ बुटवल मणि उजेश वर्ष सन् २०१८/१९ का अध्यक्ष सृष्टि गुरुङ्गले वर्ष २०१९/२० का अध्यक्ष नेहा अग्रवाललाई पदहस्तान्तरण गर्नु भएको हो । क्लवको वर्ष २०१९/२० का लागि प्रथम उपाध्यक्ष सोनाली गुरुङ्ग, द्वितीय उपाध्यक्ष सरस्वती पन्थी भुषाल, सचिव प्रविना घिमिरे र कोषाध्यक्ष शान्ता शार्मालाई पदस्थापन गराइएको थियो ।

कार्यक्रममा वर्ष २०१९/२० का लागि निर्वाचित क्लवका पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिदै लायन्स क्लव इन्टरनेशनल ३२५ बीटूका मल्टिपल काउन्सिल चियर प्रशन सुनिल वझाले महिलाहरुलाई अधिकार दिनु पुरुषको अधिकार खोस्नु नभई महिलालाई नै शशक्तिकरण गर्नु भएको बताउनुभयो । उहाँले महिलाई शशक्तिकरण गराउने र उनीहरुको क्षमताअभिवृद्धि गर्ने कुरामा लायन्स क्लव मणि उजेश उदाहरणीय रहेको बताउनुभयो ।

कार्यक्रमा लायन्स क्लवका डिष्ट्रिक गभर्नर अनुप पहारी, पाष्ट डिष्ट्रिक गभर्नर महेन्द्र नारायण श्रेष्ठ, भाइस डिष्ट्रिक गभर्नर शम्भु नकर्मी, डिष्ट्रिक कोचिफ एड्भाईजर सुनिता वजिमय, रतनलाल अग्रवाल लगायतले महिलाहरुलाई शशक्तिकरण गर्न र समादायिक सचेतनाका लागि मणि उजेशले गरेका कामहरु सकारात्मक भएको भन्दै प्रशंसा गर्नुभयो । क्लवका संस्थापक अध्यक्ष सृष्टि गुरुङ्गको अध्यक्षता तथा सचिव सुरक्षा काफ्लेको संचालनमा भएको कार्यक्रममा मेम्बर अफ दि इएरबाट प्रविना घिमिरे, क्लब रत्नबाट शान्ता शर्मा र लफिङ्ग बुद्ध एवार्डबाट सोनाली गुरुङ्गलाई सम्मान गरिएको थियो । नवनिर्वाचित वर्ष २०१९/२० को नेतृत्वले आगामी एक वर्ष महिला तथा बालबालिका स्वास्थ्यका कार्यक्रमसँगै सामुदायिक सचेतनामुलक कार्य गर्ने कार्ययोजना तयार गरेको क्लवले जनाएको छ ।