जनता मा.वीको कार्यालयमा लगाइएको ताला अज्ञात ब्यक्तिले तोडफोड गरेपछी ..

प्रकाशित मिति:

टेब बहादुर/बर्दघाट –  पश्चिम नवलपरासीको जनता मावीको कार्यालयमा लगाइएको ताला विहिबार राति अज्ञात ब्यक्तिले तोडफोड गरेका छन । जिल्लाको सरावल गाउपालिका वडा नम्बर २ मनरीमा अवस्थित जनता माध्यमिक विद्यालयको कार्यालयमा विहिबार राति अज्ञात ब्यक्तिले कार्यालयको देवालमा अश्लिल शब्द लेखेको र कार्यालय भित्र रहेका महत्वपुर्ण मेशिनहरु लगाएतका समागी्र चोर्न प्रयास गरेको विद्यालय बयवस्थापन समितिका अध्यक्ष दिर्घ नारायण लोनियाले जानकारी दिनुभएको छ ।

विद्यालयको मुल गेट बन्द भएको र कार्यालय प्रबेश गर्दा पनि कार्यालय बाहिर रहेको च्यानल गेट पनि बन्द रहेको अवस्थामा सो ब्यक्तिले विद्यालयको अर्को भवनको छत हुदै खम्बाको सहाराले माथि सिढीबाट कार्यालयको ढोका सम्म प्रबेश गरेर ढोकाको ताला तोडफोड गरेको बताउनुभयो । यो घटनाको भोलीपल्ट शुक्रबार विद्यालय समयमा विद्यालयका सहायक देव नारायण चौधरीले कार्यालयमा आउदा कार्यालयको ताला फोडेको अवस्थामा फेला परेको र देवालमा अश्लिल शब्दहरु लेखेको भेटिएको विद्यालय सहायक चौधरीले बताउनुभएको छ । ताला फोडफोड गर्नेको पत्ता लाग्न सकेको छैन ।

घटनाबारे अनुसन्धान भइरहेको र दोषी जो कोहीलाई पनि कार्यवाहीको दायरामा ल्याएरै छाड्ने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लोनियाले बताउनुभएको छ । विद्यालयमा चोरीको प्रयास गरिएतापनि विद्यालयबाट केही समान लैजान नसकेको विद्यालयले जनाएको छ । सोही अवसरमा यस विषयमा विद्यालयका शिक्षकहरु संग बुझ्दा उहाँहरुले विद्यालय बयवस्थापन समितिलाई विद्यालयको समानहरु सुरक्षाका निम्ती पटक पटक आग्रह गर्दा पनि समितिले नटेरेको गुनासो गरेका थिए । यस अघि पनि सो विद्यालयबाट मोटर चोरी भएको र मोटर कसले चारेको अझै सम्म पनि खुल्न नसकेको विद्यालयले जनाएको छ । सो विद्यालयको कार्यालयमा करिब १० लाखको विद्यालय मेशिनरी समानहरु रहेका छन ।