आलमलाई थुनामा राख्न जिल्ला अदालतको आदेश

२९ कार्तिक २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
79 Shares


रौतहट – जिल्ला अदालत रौतहटले राजपुर बम बिस्फोट प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।आलमविरुद्धको मुद्दामा दुवै पक्षको थुनछेक बहस सकिएपछि शुक्रबार रौतहट जिल्ला अदालतले उनलाई थुनामा पठाउन आदेश दिएको हो।

वादी तर्फबाट १२ जना र प्रतिवादीको तर्फका २८ जना कानुन व्यवसायीले ८ दिन लगाएर बहस गरेपछि अदालतको यो आदेश आएको हो ।बहस सकिए लगत्तै इजलासमा न्यायाधीश दीपक ढकालले पीडित भनिएका श्रीनारायण सिंह र प्रतिवादी आलमलाई घटनाबारे प्रश्न गरेका थिए । दुवैले न्यायाधीशसमक्ष आ आफ्नै भनाइ राखेका थिए ।यो आदेशमा चित्त नबुझेमा आलमलाई उच्च अदालतमा निवेदन दिन पाउने बाटो भने खुल्ला रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया