नेपाल भारत ‘बी’ सँग २ विकेट पराजित

२९ कार्तिक २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
48 Shares


काठमाडौं – भारतमा जारी यू–१९ च्यालेन्जर्स एक दिवसीय क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपाल २ विकेटले पराजित भएको छ ।शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा नेपाल भारतको ‘बी’ टिमसँग पराजित भएको हो । नेपालले दिएको २ सय ११ रनको मध्यम लक्ष्य भारतले ४६ ओभर ३ बलमा ८ विकेट गुमाएर पुरा गरेको हो ।भारतको जितका दिभ्यनास जोशीले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । ३७ बल खेलेका उनले आक्रामक ब्याटिङ गर्दै ४ छक्का र ४ चौकाको मद्दतमा ५४ रन बनाए । यस्तै कृतिक कृष्ण शेट्टिले ३९, हर्ष राजेस जम्वालले २९, सागर सुरेन्द्र कुमार दहियाले २८, आथर्भा बिनोदले १२ तथा निर्मल कुमारले अविजित २० रन बनाए ।नेपालका आकाश चन्दले ४ तथा सागर ढकालले २ विकेट लिए । यस्तै कुशल मल्ल र शेर मल्लले १/१ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय १० रन बनाएको थियो ।नेपालका कप्तान रित गौतमले सर्वाधिक ८४ रनको अर्धशतकीय इनिङ्स खेले । ९३ बल खेलेका रितले १२ चौका र १ छक्का प्रहार गरे ।यस्तै शेर मल्लले ३३, हरिबहादुर चौहानले २०, आकास चन्दले १८ र कुशल मल्लले १२ रन बनाए । भारतका दिभ्यनास जोशीले ३ तथा अथर्भा बिनोद अन्कोलेकरले २ विकेट हात परे । यो हारसँगै अंक तालिकाको पुछारमा रहेको नेपालले तेस्रो स्थानका लागि तालिकाको तेस्रो स्थानमा रहने टिमसँग आइतबार खेल्नेछ ।यसअघि दुई खेलमा नेपाल भारतको ‘सी’ टिमसंग १० विकेट र भारत ‘ए’ टिमसँग १ सय ७ रनले पराजित भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • भ्रष्टाचारीलाई हिरा र सचेत जनतालाई गिद्द भन्नेको हिसाबकिताब राखीने नेविसंघ…
  • अति गरिव विपन्न राहत बाट नछुट्न आग्रह
  • लकडाउनमा मजदुरको कथा:घरसम्म जान पैदल यात्रा गर्न बाध्य
  • रुपन्देहीका कांग्रेस सांसदले मुख्यमन्त्रीलाई भने —‘बाबुरामको शव उठाउने वातावरण मिलाउनूस्’
  • बर्दघाट नगरपालिकाद्वारा वडा न १४ मा १ सय ४ घरपरिवारलाई…
  • छिमेकीले बाढें छिमेकीलाई राहत
  • मेयरले नै राहात कोषमा तवल जम्मा गरेपछि…….
  • उवासंघ नवलपरासीद्धारा सस्तो घुम्ती पसलबाट सेवा प्रदान
  • कोरोना संक्रमणबाट हामी नेपाली किन सुरक्षित छौं ? : डा.…
  • प्रधानमन्त्रीका आइटी विज्ञले अनलाईन नियन्त्रणमा लिएर समाचार हटाएको आरोप