एपोलो काईजन ब्राण्डका टायर अब बुटवल बजारमा

प्रकाशित मिति:

झविन्द्र देवकोटा । डि।एल।टी ट्रेडर्स बुटवल कालिकानगरले सबै प्रकारका गाडिहरुमा लाग्ने एपोलो कम्पनी काईजन ब्राण्डका टायरहरुको विक्रि विरण सुरु गरेको छ । भारतीय कम्पनी एपोलो कम्पनीका हेभी टिप्पर, लरी ट्रक र बसमा लाग्ने टायरहरुको विक्रि वितरण सुरु गरेको हो । सेवाको शुभारम्भ गर्दै कम्पनीका कन्ट्रिहेड अभिषेक श्रीवास्तवले अन्य टायरको तुलनामा मजबुद र टिकाउ रहेको बताउनुभयो । भारतको एक नम्बर कम्पनी रहेको दावी गर्दै उहाँले अनरोड र अफरोड दुवैमा राम्रोसँग चल्ने दावी गर्नुभयो । तीन वर्षे वारेन्टी समेत रहेको टायर ४० देखि ५० हजार किलोमिटर गुड्ने श्रीवास्तवले जानकारी दिनुभयो । कार्यक्रममा एपोलोको आधिकारीक विक्रेता राठी गु्रप, पल्लवी इन्टरप्राईजेजका संचालक श्याम राठीले १०००÷२० तथा १८ र १६ प्लाईका साईजका टायर र त्यसको माईलेज बढाउनका लागि माईलेज कम्पाउण्ड राखिएको बताउनुभयो । शुभारम्भ कार्यक्रममा पश्चिमाञ्चल यातायात ब्यवसायि समितिका बरिष्ठ उपाध्यक्ष यमप्रसाद पाण्डे, राष्ट्रिय यातायात उद्यमशिल मजदुर भलाई कोषका अध्यक्ष मोहन भुषाल, पल्लबी ईन्टरप्राईजेजका जिएम अरुण वियानी लगायतले एपोलो काईजनका टायर मजबुद रहेको भन्दै शुभकामना मन्तब्य दिनुभयो । डि।एल।टी ट्रेडर्सका संचालक टोपेन्द्र घिमिरेको स्वागत तथा दिपक अधिकारीको संचालनमा कार्यक्रम भएको थियो । डि।एल।टी ट्रेडर्सले टायरसँगै साईलुन ब्राण्डका सबै टायर, सामे डजफायर ट्याक्टरका पाट्र्स र सानाठुला गाडिमा लाग्ने अकियो ब्राण्डका ब्याट्रिको समेत विक्रि वितरण गर्दै आएको छ ।