चालु आर्थिक वर्षको पहिलो तीन महिनामा साढे ३ खर्बको बस्तु आयात

प्रकाशित मिति:

काठमाडौं/चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्रै तीन खर्ब ३४ अर्ब ९५ करोड रुपैयाँको बस्तु तथा सेवा आयोत भएको छ ।अघिल्लो वर्षको तुलनामा बस्तु आयात घटेको भएपनि झण्डै साढे तीन खर्ब रुपैँयाको बस्तु आयात भएको हो ।कुल आयात मध्ये सबैभन्दा धेरै भारतबाट भएको छ भने दोस्रो धेरै बस्तु आयत भने चीनबाट भएको छ ।पहिलो तीन महिनामा २० अर्ब १६ करोड रुपैँयाको डिजेल आयत भएको छ । त्यस्तै तयारी पोशाक, मोवाइल र मोटरसाइकलको आयात समेत बढेको छ ।