ब्राजिललाई हराउँदै अर्जेन्टिनाले जित्यो ‘सुपरक्लासिको’को उपाधि

३० कार्तिक २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


 एजेन्सी – ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले सुपरक्लासिको उपाधि जितेको छ ।आइतबार राति साउदी अरेबियाको अल साउद युनिभर्सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले ब्राजिलाई १-० गोल अन्तरले पराजित गर्दै ‘सुपरक्लासिको’को उपाधि हात पारेकाे हाे ।अर्जेन्टिनालाई जित दिलाउनको लागि कप्तान लियोनल मेस्सीले निर्णायक गोल गोल गरे । मेस्सीले पेनाल्टीमा गोल गर्न नसके पनि रि–बाउन्ड बलमा गोल गरेका थिए ।खेलको नवौं मिनेटमा ब्राजिलले पाएको पेनाल्टीको सदुपयोग गर्न सकेन । जेससले पर्खिएर प्रहार गरेको उक्त पेनाल्टी पोलभन्दा बाहिरबाट गएको थियो ।

बक्समा अर्जेन्टिनी डिफेन्डरले ब्राजिलका ग्याब्रिएल जेससलाई लडाएपछि रेफ्रीले ब्राजिललाई सोझै पेनाल्टी दिए ।त्यसको ३ मिनेटमै अर्जेन्टिनाले पेनाल्टी पायो । कप्तान मेस्सीले प्रहार गरेको उक्त पेनाल्टी ब्राजिलका गोलकिपर एलिसन बेकरले मेस्सीको पेनाल्टी छेके । तर, रि–बाउन्ड बलमा मेस्सीले गर्दै गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए ।बक्समा ब्राजिलका लेफ्ट ब्याक एलेक्स सान्ड्रोले कप्तान लिओनल मेस्सीलाई लडाएपछि रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिए ।दोस्रो हाफमा खेल झन आक्रामक बने पनि दुवै टोलीबाट गोल गर्न नसक्दा खेल अर्जेन्टिनाले जित्यो । खेल अवधिभरि ब्राजिलले अर्जेन्टिनाको पोस्टमा ६ प्रहार गर्यो भने अर्जेन्टिनाले १४ पटक प्रहार गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया