यामाहाको स्ट्रिट रयाली सार्वजनिक

प्रकाशित मिति:

यामाहाको नयां स्कुटर बजारमा आएको छ । यामाहा मोटरसाईकल तथा स्कुटरको लागि आधिकारीक डिलर बुटवल वाईकर्स प्रालिले जेडआर स्कुटर सिरिजको नयां सस्करण स्ट्रिट ¥याली बुटवलमा आज एक समारोहका बीच सार्वजनिक गरेको हो ।
बुटवल वाईकर्स प्रालिका प्रबन्ध निर्देशक सालिकराम भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा उक्त स्कुटरको शुभारम्भ गर्दै प्रमुख अतिथी बुटवल उद्योग वाणीज्य संघका अध्यक्ष खेम हमालले अन्य ब्राण्डको तुलनामा आर्कषित साधनहरु बजारमा ल्याउने यामाहाले हरेक ग्राहकको मन जित्न सफल भएको बताउंदै अझ प्रविधीयुक्त साधन भित्रयाउन सुझाव दिए । उता बुटवल वाईकर्स प्रालिका प्रबन्धक तेज भट्टराईले यामाहा प्रतिको बढ्दो मोहलाई नयां स्कुटरले नयां उचाईमा पु¥याउने अपेक्षा लिएको बताए ।
यरिया सेल्स इन्चार्ज हेम शंकर शाहाले नयां स्कुटरको बारेमा जानकारी दिंदै स्कुटरको ११३ सीसी ब्लु कोर इन्जिन, नकल गार्ड, बोल्ड न्यू भइजर , फ्रन्ट डिस्क ब्रेक एन्ड एलोई ह्विल लगाएतका फिचरहरु रहेको बताएका थिए । नेपाली बजारमा दुई लाख आठ हजार नौ सय पर्ने उक्त स्कुटर रेड र रेसिङ ब्लु गरी दुई कलरमा उपलब्ध छ । कार्यक्रमको संचालन यामाहा मोटरसाईकल तथा स्कुटरको लागि आधिकारीक डिलर बुटवल वाईकर्स प्रालिका सोरुम इन्चार्ज पारस मरासिनीले गरेका थीए ।