श्रीलंकामा राष्ट्रपति चयनका लागि मतदान हुँदै

३० कार्तिक २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


एजेन्सी –  श्रीलंकामा राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । दक्षिण एसियाली टापुमा रहेको श्रीलंकामा जारी धार्मिक तनाव न्यूनिकरण र मन्दी रहेको अर्थतन्त्र सुधारका लागि यो निर्वाचन महत्वपूर्ण हुने अनुमान गरिएको छ ।निर्वाचनका लागि पूर्व राष्ट्रपति महिन्द्रा राजपाक्षेका भाइ गोताबाया राजपाक्षे र सत्तारुढ संयुक्त राष्ट्रिय पार्टीका उम्मेद्वार साजिस प्रेमदास चुनावी मैदानमा मुख्य प्रतिष्पर्धीका रुपमा रहेको बीबीसीले जनाएको छ । करिब १६ मिलियन मतदता रहेको श्रीलंकाका २२ जिल्लामा निर्वाचन हुने छ ।सन् २०१५ को निर्वाचनमा ८१ दशमलव पाँच प्रतिशत नागरिकले मतदान गरेको बताइएको छ । निवर्तमान राष्ट्रपति मैथीपाल सिरिसेनाको दल श्रीलंका फ्रिडम पार्टीले राजपाक्षेलाई समर्थन गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया