सगरमाथा मिलनचोकको साधारण सभा सम्पन्न

प्रकाशित मिति:

झविन्द्र देवकोटा/बुटवल-सगरमाथा मिलनचोक टोल विकास संस्था बुटवल उपमहानगरपालिका –८ को प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै वडाध्यक्ष भिम बहादुर श्रेष्ठ टोलको विकासमा स्थानीयकै भुमिका महत्वपुर्ण हुने उल्लेख गर्नुभयो । उहाँले टोल संस्थासँग जोडिएका हरेक घरमुलिले टोलको विकासमा बाटोघाटो निर्माण, सरसफाईमा ध्यान दिनु अतिनै आवश्यक रहेने बताउनुभयो ।

संस्थाका अध्यक्ष निर्मला श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमका वडासदस्यहरु दलबहादुर थापा भवानीप्रसाद सुवेदी, भगवती ज्ञवाली, संस्थाका सल्लाहकार विष्णु शर्मा, अनन्त भण्डारी लगायतले टोलको विकासका लागि सबैबीचको एकता मजबुद हुनु पर्ने धारणा राख्नुभयो ।संस्थाका सचिव विमला अर्याल गौतमको संचालन तथा उपाध्यक्ष केशवराज बस्यालको स्वागतमा भएको कार्यक्रममा सदस्य रुपा कार्की भण्डारीले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थालाई आर्थिक तथा सामाजिक रुपमा सहयोग गर्ने ब्यक्ति तथा संघसंस्थालाई सम्मान समेत गरिएको थियो । सो अवसरमा संस्थामा रिक्त रहेको कोषाध्यक्ष पदमा बालाकृष्ण श्रेष्ठलाई मनोनित गरिएको थियो ।