प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम अनुमोदन

२५ भाद्र २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
1 Shares


संसदको संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम अनुमोदन गरेको छ । सिंहदरवारमा आज बसेको संसदीय सुनुवाई समितिको बैठकले मिश्रको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।
मिश्रलाई संसदीय समितिले स्वीकृत गरेपछि सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुने बाटो खुलेको छ । प्रधानन्यायाधीशको नियुक्ती भने राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ । संवैधानिक परिषद्को गत भदौं ७ गते बसेको बैठकले कायममुकायम प्रधानन्यायाधीश मिश्रलाई प्रधानन्यायाधीका रुपमा प्रस्ताव गरेको थियो । बरिष्ठतम न्यायाधीश दिपकराज जोशीको नाम सुनुवाई समितिले अस्वीकृत गरेपपछि परिषद्ले अर्का न्यायाधीश मिश्रलाई अघि सारेको हो । मिश्रबिरुद्ध ४ वटा उजुरी परेका थिए । न्यायसम्पादनमा केन्ति ती उजुरीबारे समितिले उजुरीकर्तासँग पनि छलफल गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया