होराईजन जिविएस र न्यु होराईजन विजयी

३० कार्तिक २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
11 Shares


स्वस्तिक श्रेष्ठ/-रुपन्देहीमा जारी न्यु होराईजन ईन्टर स्कुल डिष्ट्रिक लेभल क्रिकेट प्रतियोगिताको दशौ संस्करणको शनिबार भएको खेलमा होराईजन जिविएस र न्यु होराईजन विजयी भएका छन । होराईज जिविएसले न्यु मुन बोर्डिङ स्कुललाई ४ विकेट तथा न्यु होराईजन माविले ग्रिन प्लान्ट बोर्डिङ स्कुललाई ७८ रनले पराजित गरेका हुन । न्यु होराईजन एजुकेशन ईन्टिच्युटको आयोजनामा तिलोत्तमा नगरपालिकाको नवजिवन खेलमैदानमा भएको खेलमा टस जितेर न्यु मुनले १९.३ ओभरमा पुरै विकेट गुमाएर केवल ७८ रनको लक्ष्य खडा गरेको थियो । न्यु मुनका लागि माधवेन्द्र सिहले १० रनबाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो रन जोड्न सकेनन । कम स्कोरमा रोक्न होराईन जिविएसका सुरज खड्काले ४ विकेट लिएका थिए ।

यसैगरि विजय श्रेष्ठले २ विकेट लिए । झिनो लक्ष्यलाई होराईजनका ब्याट्सम्यानले १४ ओभरमा ६ विकेटको नोक्सानीमा जित हासिल गरेका थिए । होराईजनको जितमा शुसान्त पाण्डेले १९ रन तथा निश्चल पराजुलीले १२ रन बनाए । न्यु मुनका प्रकाश कुवँर र विवेक कुवँरले समान २–२ विकेट लिए । खेलमा होराईन जिविएसका सुरज खड्का म्यान अफ दी म्याचबाट पुरस्कृत भए । अर्को खेलमा टस जितेर न्यु होराईजन माविले पुरै ओभर खेल्दै ७ विकेटको नोक्सानीमा १ सय ४२ रनको योगफल तयार गरेका थिए । न्यु होराईजनका प्रकाश गिरीले ४८ रन, रोहन अर्याल र उत्सव रानाले समान १५–१५ रन बनाएका थिए । ग्रिन प्लान्टका आयुष सुनारले ४ ओभर बलिङ गर्दै ३६ रन खर्चेर २ विकेट लिएका थिए । मध्यम लक्ष्य पछ्याएको ग्रिन प्लान्टका ब्याट्सम्यानहरु १८.१ ओभरमा केवल ६९ रनमा समेटिएका थिए । ग्रिन प्लान्टका अंकित पाण्डे र मिलन न्यौपानेले समान १३–१३ रनको योगदान दिएपनि जितका लागि पर्याप्त भएन । कम स्कोरमा रोक्न न्यु होराईजनका अनिश कुमालले किफायती बलिङ गरे । उनले ४ ओभर बलिङ गर्दै ८ रन खर्चेर ४ विकेट लिए । खेलमा न्यु होराईजनका प्रकाश गिरी म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।प्रतियोगिता अन्तरगत आईतबार दुर्गा शैक्षिक गृह र सगरमाथा बोर्डिङ स्कुल तथा काशी नोबेल एकेडेमी र जेसिज किन्डरगार्डेनका बिचमा खेल हुने छ । तिलोत्तमा नगरपालिका नवजिवन खेलमैदानमा मंसिर ६ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधिका लागि जिल्लाका १९ वटा विद्यालयहरुले प्रतिस्पर्धा गर्दै छन ।प्रतियोगिताको संयोजक शक्ति गौचनले प्रतियोगिताको उपाधि विजेताले नगद २० हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद १० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया