भ्वाईस अफ कञ्चनको उपाधि अस्विन शर्मा लाई

३० कार्तिक २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
23 Shares


कञ्चन – ब्यक्तीको पहिचान उसको अन्तरनिहित प्रतिभाले निर्धारण गर्छू भने नारा सहित कञ्चन जेसिसले भ्रमण बर्षको शान नेपालको पहिचानू शिर्षकमा संचालन गरेको बक्तृत्वकला प्रतियोगिता बुद्धदिप आवासिय अंग्रेजी माध्यमिक बिधालका अस्विन शर्माले उपाधी हात पारेका छन भने उपाधी हात पारे संगैसंचालन गरेकोछ।भ्रमण बर्ष २०२० लाई सार्थक रुपमा सफल बनाउन र आन्तरिक पर्यटन क्षेत्रको प्रबर्द्धन गर्ने उद्देस्यका साथ संचालन गरिएको भ्वाईस अफ कञ्चनको फाइनल प्रतियोगिता संचालन गरेको हो ।फाइनल प्रतियोगिता संचालन गर्नु पुर्ब कञ्चन जेसिजले समृद्ध कञ्चनका लागि युवाहरुको भुमिका शिर्षकमा अडिसन राउण्ड प्रतियोगिता संचालन गरि ३१ बिधालयबाट सहभागी बिधार्थीहरुबाट १४ जना प्रतियोगीहरुलाई फाइनल राउण्डमा छनौट गरेको थियो।भ्वाईस अफ कञ्चन फाईनल प्रतियोगिताका प्रमुख अतिथि रुपन्देही क्षेत्र नं.५ क का सांसद भुमिश्रर ढकालले कञ्चन जेसिजले युवाहरुको अन्तरनिहित क्षमताको खोजी गरि भ्रमण बर्षलाई लक्षित गरि आयोजना गरिएको कार्यक्रमले युवाहरुमा सकारात्मक कार्यमा अग्रसर बनाउन सक्षम भएको बताउदै नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन कञ्चन जेसिसले आयोजना गरेको भ्वाईस अफ कञ्चनले महत्वपुर्ण इट्टा थप्ने बताउनु भएको छ। प्रतियोगिहरुले आफ्नो बिचारको रुपमा राखिएका महत्वपुर्ण बिचारहरुले भर्मण बर्ष मनाउदै गर्दा अझ धेरै काम गर्न बाकी रहेको महसुस भएको सांसद ढकालले बताउनु भएको छ।

आगामी बर्षलाई प्रदेश ५ ले लुम्बिनी भ्रमण बर्षको रुपमा मनाउने प्रदेश ५ भित्र रहेका पर्यटक स्थलहरुको पहिचान गरि रुरु क्षेत्रलाई भारतको हरिद्वारको रुपमा बिकास गर्ने बताउदै देश भित्रका आन्तरिक पर्यटक र बाह्य पर्यटकहरुलाई रुरु क्षेत्रमा भित्र्याउने योजना सहित प्रदेश सरकार अगाडी बढेको बताउनु भएकोछ।जेसिज नेपालका केन्द्रीय उपाध्यक्ष अर्जुन अधिकारीले जेसिजले युवाहरुलाई सृजनात्मक समाजसेवामा लाग्नको लागि उत्प्ररित गर्ने युवहारुको अन्तराष्ट्रिय संस्था हो। जेसिजमा संलग्न युवाहरु सदैब समाज प्रति सकारात्मक हुन्छन र समाज परिबर्तनमा अगुवा बन्न अग्रसर हुने भएकोले युवाहरुको नेतृत्व क्षमताको बिकास गरिए युवाहरुलाई स्वदेशमै उधमशिल बनाउन उत्प्रेरित गर्ने जेसिजको मुख्य उद्देश्य रहेको बताउदै भ्वाईस अफ कञ्चनमा सहभागी प्रतियोगीहरुको बिचारलाई मात्र मनन गर्न सक्ने हो भ्रमण बर्ष २०२० लाई सफल बनाउन नेतृत्व तहलाई मार्ग निर्देशन हुने बताउनु भएकोछ।कञ्चन गाउपालिका उपाध्यक्ष गोमा तरामु,सैनामैना जेसिज बर्ष २०१८ का अध्यक्ष बिमल ज्ञवाली लगायतले भ्रमण बर्ष २०२० को शान,नेपालको पहिचानलाई सार्थक बनाउन महत्वपुर्ण भुमिका निभाउने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो।प्रतियोगितामा बुद्धदिप आवासिय अंग्रेजी माध्यमिक बिधालयका अस्विन शर्माले प्रथम स्थान हासिल गरी भ्वाईस अफ कञ्चनको उपाधी संगै अस्विन शर्माले नगद रु ९ हजार र सम्मान पत्र प्राप्त गरेका छन भने लुम्बिनी ज्ञाननिकेटन माध्यमिक बिधालयका अस्मिता सापकोटाले दोश्रो र हरैया माध्यमिक बिधालयका हिमाल सापकोटाले तेश्रो स्थान हासिल गरि क्रमश

नगद रु.७ हजार र रु.५ हजार सहित सम्मान पत्र प्राप्त गरेका थिए।कञ्चन जेसिज २०१९ का अध्यक्ष चुडामणी पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जेसिजको आस्था पाठ कञ्चन जेसिजका उपाध्यक्ष मोहराज पौडेल र कार्यक्रम संयोजक बाबुराम पौडेलले स्वागत गर्नु भएको थियो ।छनौट चरणबाट फाईनल राउण्डमा प्रबेश पाएका १४ अन्तिम प्रतियोगीहरुलाई रुपन्देहीको पर्यटकिय स्थल दानापुरतालमा प्रतिष्पर्धा गरिएको थियो।प्रतियोगीहरुले नेपालको भ्रमणमा आएका पर्यटकहरुलाई नेपाली संस्कार अनुसार मीठो मुस्कानमा स्वागत गरि नेपालको भ्रमण गर्नको लागि प्रोत्साहन गरिनु पर्ने,भ्रमणमा आएका पर्यटकहरुलाई सुरक्षित यात्रा गर्न र सुरक्षित बसोबासको ब्यबस्था गर्न,नेपाल बहुधार्मिक बहुजातिय बहुसांस्कृतिक र बहुभाषिक देश भएकोले देशमा बोलिने ती विभिन्न भाषा,जाति धर्म तथा संस्कारहरुको बारेमा ज्ञान भएको पथ पर्दशकले मात्र पर्यटकहरुलाई नेपालको पहिचान दिने गरि परिचय गराउने भएकोले दक्ष पथ पर्दशकको उत्पादनमा ध्यान दिनु पर्ने र स्थानिय पर्यटकिय स्थलहरुको संरक्षण र प्रबर्द्दन गरि प्रचार प्रसार जस्ता कार्यहरु स्थानिय,प्रदेश र केन्द्र सरकारले गर्नु पर्ने बताएका थिए।रामापुर माध्यमिक बिधालयका सह प्रधानाध्यापक धनि प्रसाद शर्मा र ऋषीराम न्यौपानेले प्रतियोगितामा निर्णायकको भुमिका निर्बाह गर्नु भएको थियो।कार्यक्रम जनज्योती आधारभुत बिधालय गजेडीमा भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • गुल्मीको धुर्कोटमा जिल्ला प्रशासन कार्यालयको प्रशिक्षण कार्यक्रम सम्पन्न
  • बल्ल गर्यो सरकारले सहि समयमा सहि काम : भारतीय नागरीकको…
  • अक्षयकोषको रकमले गंगा प्राथमिक विद्यालयमा शैक्षिक सामग्रीहरु वितरण
  • परमात्मा ,ईश्वरको साम्राज्य कहाँ छ ?
  • योग मानव मस्तिष्कको बृद्धि विकासमा महत्वपूर्ण
  • गलत तरिकाले सिन्दुर लगाउँदा हुन सक्छ धनको क्षति
  • सिन्दुर को महत्व के छ? हेर्नुहोस महत्व यस्ता छन
  • गौतम बुद्धले नै गरेका थिए ७ वर्गका श्रीमतीको वर्णन 
  • नेपाली चलचित्र क्षेत्रमा पर्यो अर्को बज्रपात: चलचित्र बिकास बोर्डका अध्यक्ष…
  • सोमबारको दिन पशुपतिनाथ मन्दिरको दर्शन गरि आजको राशिफल हेर्नुहोस जय…