प्रदेश स्तरीय नेपाल रोल मोडलको उपाधी सन्देश र प्रनिशालाई

३० कार्तिक २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
350 Shares


बुटवल/बुटवलमा भएको प्रदेश स्तरीय नेपाल रोल मोडल सिजन थ्रीको उपाधी सन्देश गुरुङ्ग र प्रनिशा थापाले जितेका छन् । आर.एन. स्टाईलले युवा युवतिमा रहेको आन्तरिक प्रतिभा तथा बाहिरी सुन्दरतालाई प्रस्फुटन गराउने उद्धेश्यले आयोजना गरेको रोल मोडलको उपाधी पुरुष तर्फ सन्देश र महिला तर्फ प्रनिशा थापाले जितेका हुन् । प्रतियोगितामा सहभागि पुरुष, महिला तथा तेस्रो लिङ्गिहरुलाई उछिन्र्दै उनीहरुले उपाधी उचालेका हुन् । उपाधी सहित गुरुङ्गले थुप्रै उपहार हात पारेका छन् भने थापाले ताज सहित विभिन्न राष्ट्रिय प्रतियोगितामा सहभागि हुने अवसर पाउने छन् ।प्रतियोगितामा फष्ट रनरअप राजेन्द्र तामाङ्ग र पुजा थापा, सेकेण्ड रनरअप कृश श्रेष्ठ र नमश थापा, भिवर च्वाईस प्रनिशा थापा भइकी छन् । यस्तै वेष्टवाक स्वस्तिका क्षेत्री र कृश श्रेष्ठ, बेष्ट प्रशनालिटी प्रनिशा थापा र योगेश पौडेल, मष्ट ट्यालेन्ट प्रस्तिक थापा र नमश थापा, हेण्डसम वीथ प्रपोज शिव रेग्मी, मिष्टर सोसियल रेस्पोन्सिवल अनुझा र सुनिता, मिस फ्रेसनेश अन्जना पाण्डे, आरएनएस च्वाईस दिलीप यादव र बर्षा लामा, वेष्ट मोडल विवेक केसि र रेनुका चौधरी भएकी छन् ।

आर.एन. स्टाईलका फाउण्डर रेशम न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लव अफ तिनाउ बुटवलकी चार्टड प्रसिडेण्ट देवी वाग्ले, एसपिएम क्रियशनका फाउण्डर पवन आचार्य लगायतले विजयी प्रतियोगिहरुलाई उपाधी तथा ताज प्रदान गर्नु भएको थियो । संचारकर्मी सुमन श्रेष्ठको संचालनमा भएको कार्यक्रमको कोरियोग्राफि अवन्तिका घर्तिमगरले गर्नु भएको थियो ।सो कार्यक्रममा युवा युवति तथा तेस्रो लिङ्गीका अधिकारका विषयमा वकालत गरेको तथा तालिम दिएको भन्दै पक्लिक स्पिकर ट्रेनर झविन्द्र देवकोटा र तेस्रो लिङ्गी अधिकारकर्मी महिला आनिक राना मगरलाई दोसल्ला तथा प्रशंसापत्रले सम्मान गरिएको थियो । एक महिना अगाडिदेखि विभिन्न क्षमता अभिवृद्धिका तालिमहरु लिएका प्रतिस्प्रधीहरुले बुटवलमा भएको फाईनमा उपाधीका लागि प्रतिस्प्रर्धा गरेका थिए । विभिन्न प्रतियोगितामा विजेता वनेका रुपन्देही, कपिलवस्तु, दाङ्ग, वर्दिया, गुल्मी, पाल्पा, स्याङझा, हेटौडा लगायतका शहर तथा जिल्लाबाट प्रतिनिधित्व गरेका २१ प्रतियोगिहरु कार्यक्रममा सहभागि भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया