वार्ताद्वारा सीमा विवाद समाधान गर्नुपर्छः पौडेल

३० कार्तिक २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
9 Shares


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौड्यालले सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न नसकेको आरोप लगाएका छन् ।कांग्रेसले पाँचथरको फाल्गुनन्द–१ स्थित नवमीडाँडा शनिवार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले सरकाले राष्ट्रवादको नारा दिएपनि त्योअनुसार काम गर्न नसकेको आरोप लगाएका हुन् ।“कूटनीतिक र वार्ताको माध्यमद्वारा सरकारले तत्काल सीमा विवाद समाधान गर्नुपर्छ, वरिष्ठ नेता पौडेलले भने, “कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि रहेको छ ।”

वरिष्ठ नेता पौडेलले अब मङ्सिर १४ गते हुने उपनिर्वाचनमा लोकतन्त्रलाई बचाउन पनि कांग्रेसलाई विजय गराउन आम मतदातालाई आग्रह गरे ।उनले अहिले फाल्गुनन्दमा हुने उपनिर्वाचनमा नेकपाका मन्त्री तथा सांसदहरुले नै आचारसंहिता उल्लङ्घन गर्ने किसिमका कार्यक्रम गरिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया