गाउँपालिका अध्यक्ष कप दोश्रो राष्ट्रिय कराँते प्रतियोगीताको तयारी सकियो, सातै प्रदेशका खेलाडी बडिगाडमा

प्रकाशित मिति:

कौरव खत्री/बागलुङ-दोश्रो गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगीता २०७६ मा सहभागि हुने ७ प्रदेशका खेलाडि बडिगाड गाउँपालिकाको खार बजारमा आइपुगेका छन्। आयोजक संगै ८ टिमको सहभागिता रहने राष्ट्रिय सितोरियो कराँते खेल बडिगाड गाउँपालिकाको खार वजारमा आइतवार देखि ३ दिन सम्म चल्ने छ। प्रतियोगिताको लागि देश भरवाट २१० सय वढि खेलाडि, १६ जना प्रशिक्षक, अन्तराष्ट्रि १८ र राष्ट्रिय ४२ गरि जम्मा ६० जना रेफ्री ९एम्पाएर० को सहभागिता रहने कार्यक्रम संयोजक राजन पाइजाले जानकारी दिनुभएको छ। सनिवार प्रशिक्षक सहित खेलाडिहरुलाई पञ्चैवाजा सहित स्वागत तथा सम्मान गरिएको छ। सो सम्मान कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजा र सितोरियो कराँते बडिगाड डोजोका संयोजक राजन पाइजा लगाएतले टिका तथा मालाले स्वागत तथा सम्मान गरेका थिए ।

पौंदी न्वागी मेलाकै अवसरमा बडिगाड डोजोको आयोजना र वडिगाड गाउँपालिकाको आर्थिक सहयोगमा कार्यक्रम हुन लागेको हो। कार्यक्रममा ३० लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ। प्रतियोगीताको लागि वडिगाड गाउँपालिकाले २२ लाख ५० लाख विनियोजन गरेको छ।
सो प्रतियोगीतामा प्रथम पुरस्कार ८० हजार ट्रफि, मेडल र प्रमाणपत्र, द्धितियको लागि ५० हजार ट्रफि, मेडल र प्रमाणपत्र तथा तृतिय हुनेको लागि ३० हजार ट्रफि, मेडल र प्रमाणपत्र को व्यावस्था गरिएको छ। प्रत्येक सहभागि टिमलाई खान वस्नको व्यवस्था सहित १५ हजार प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ।
सो कार्यक्रममा नेपाल कराँते महासंघ बाट कार्यवाहक अध्यक्ष दावा गुरुङ, पुरेन्द्र विक्रम लाखे सहित दर्जनौ प्रशिक्षकहरु तथा महासंघका सदस्यहरुको सहभागिता रहने तथा सो कार्यक्रमको टेलिभिजनवाट समेत प्रत्यक्ष प्रशारण गरिने संयोजक पाइजाले जानकारी दिनुभएको छ। सो कार्यक्रमको उद्घाटन मंसिर १ गते संघिय साँसद देवेन्द्र पौडेलले गर्ने कार्यक्रम रहेको छ। गत वर्ष विभागीय टिम नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको समेत सहभागिता रहेको थियो तर यस वर्ष विभागिय टोली तेह्रौ सागको छनौट प्रशिक्षणमा विदेशमा रहेकोले सहभागि हुन नसकेको बताइएको छ।