युरोकपमा छानियाे जर्मनी नेदरल्याण्डको पनि युराेकप यात्रा पक्का

१ मंसिर २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


एजेन्सी – सन् २०२०मा हुने युरोकपका लागि जर्मनी छनोट भएको छ ।छनोट चरण अन्तर्गत गएराति भएको खेलमा जर्मनीले बेलारुसलाई ४-० गाेल अन्तरले पराजित गर्दै युरोकपको यात्रा तय गरेको हो ।जर्मनीको जितमा टोनी क्रसले दुई तथा मथायस जिन्टर र लियोन गोहेज्काले एक–एक गोल गरे । ४१ औँ मिनेटमा जिन्टरले गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाए ।

४९ औँ मिनेटमा गोहेज्काले अग्रता दोब्बर पारे । त्यसपछि क्रसले गोल गरेका हुन् । उनले ५५ र ८३ औँ मिनेटमा गोल गरे । जितपछि सात खेलबाट १८ अंक भएको जर्मनी समूहको शीर्ष स्थानमा छ र उसले युरोकपमा स्थान पक्का गरेको छ ।यस्तै उत्तरी आयरल्याण्डसँग गोलरहित बराबरीमा रोकिएको नेदरल्याण्डले पनि समूह सीबाट युरोकपमा स्थान बनाउने पक्का भएको छ । नेदरल्याण्ड १६ अंकसहितसमूहको दोस्रो स्थानमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया