पत्रकार राष्ट्रिय दबूको तेस्रो महाधिवेशन सम्पन्न-अध्यक्षमा बज्राचार्य

१ मंसिर २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


भक्तपुर – नेवाः पत्रकार राष्ट्रिय दबूको तेस्रो महाधिवेशन सम्पन्न भएको छ । शनिबार भएको महाधिवेशनबाट तीन वर्षको लागि अध्यक्षमा सुरजविर बज्राचार्य सर्वसम्मत चयन भएका छन् ।२१ जना पदाधिकारी तथा सदस्यहरु र तीन प्रदेश इन्चार्जहरु सबै सर्वसम्मत चयन गरिएको थियो ।

उपाध्यक्षमा नृपेन्द्रलाल श्रेष्ठ, र सदिप श्रेष्ठ, महिला उपाध्यक्षमा रचना श्रेष्ठ चयन भएका छन् भने महासचिवमा सुनिल महर्जन, सचिवमा के के मानन्धर, सहसचिवमा राजु नापित, सचिव महिलामा प्रेरणा शाक्य, कोषाध्यक्षमा सुरेन्द्र भक्त श्रेष्ठ सहकोसाध्यक्षमा बाबुकाजि साँछेँ श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया