दुई तिहाईको स्थिर सरकार जनताप्रति उत्तरदायी नभएको पूर्व मन्त्री रज्जाकको आरोप

प्रकाशित मिति:

दुई तिहाईको स्थिर सरकार जनताप्रति उत्तरदायी नभएको खानेपानी तथा सरसफाई पूर्वराज्यमन्त्री अब्दुल रज्जाकले बताउनुभएको छ ।
उहाले बामपन्थी सरकारले जनताप्रति करको दायरा बढाएर समृद्ध नेपाल र खुशी नेपाली बनाउने नारा, नारामै सिमित रहेको उल्लेख गर्नुभयो । देवदह उद्योग बाणिज्य संघले आयोजना गरेको चौथो साधरण सभा तथा दोश्रो अधिवेशलाई सम्बोधन गर्दै उहाले उक्त कुरा बताउनुभएको हो ।
कार्यक्रममा पुर्वराज्यमन्त्री रज्जाकले अहिलेको सरकारले उत्पादनमा बृद्धि गरेर मुलुकलाई आत्मनिर्भर गराउनको सट्टामा उद्योगी व्यवसायीलाई मर्का पर्ने काम मात्र भएको बताउनुभयो । सिंहदरबारको अधिकार जनताको घर–घरमा पु¥याउने सपना सपनामै सिमित रहेको बताउदै ७ सय ४४ स्थानिय सरकार लथालिङ्गको अवस्थामा पुगेको बताउनुभयो ।
कार्यक्रममा सुनवल नगरपालिकाका प्रमुख भरत थापाले स्थानिय सरकारले ल्याएको नितीलाई सफल तुल्याउन नसके समृद्धिको सपना पुरा नहुने बताउनुभयो । उहाले स्थानिय सरकारका माग पुरा गर्न कर देखि कोही डराउन नहुने बताउनुभयो । देवदह नगरपालिका समृद्ध बोकेको क्षेत्र भएकाले बुद्धको सर्किट संग जोडेर पर्यटनको विकासलाई जोड दिनुपर्ने उल्लेख गर्नुभयो । उहाले आफनो क्षेत्रको विकासको लागि उद्योगी व्यवसाय आफै उठ्नुपर्ने उल्लेख गर्दै परनिर्भतादेखि पनि डराउनुपर्ने बताउनुभयो ।
त्यसैगरी देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले देवदह नगरपालिकाले करको दायरा बढाउदा व्यापारीहरुको छाता संगठनहरु संग मिलेर बढाएको बताउनुभयो । उहाले दोहोरो करको सवालमा देवदहका कुनैपनि उद्योगीहरुलाई कर नलिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष गोपालप्रसाद ढकालले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै खुल्ला सिमानाका कारण भन्सार छली गरी ल्याइने समानहरु राज्यले नियन्त्रण गर्न नसक्दा उद्योगी व्यवसायीहरु मर्कामा परेको उल्लेख गर्नुभयो । उहाले राज्यका बिभिन्न निकायबाट लिइने कर तथा दस्तुरहरु मनोमानी ढङ्गले लिदा उद्योगी व्यवसायी करकोे दोहोरो समस्यामा परेको बताउनुभयो ।
कार्यक्रममा देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्री, नेपाल भारत मैत्री संघका केन्द्रिय उपाध्यक्ष बासुदेव रिमाल, देवदह साकोसका ऋषिराम सापकोटा, नेपाली कांगेसका नगर सभापति गुनाखर भुर्तेल, देवदह व्यापार संघका अध्यक्ष कोषबहादुर गुरुङ्ग, देवदह उद्योग व्यापार संगठनका अध्यक्ष गोविन्द ठडराई, देवदह आर्दश बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख जयकिशन अधिकारी, सामुदायिक बिद्यालयका दुर्गादत्त शर्मा, देवदह खानेपानीका कार्यवहाक अध्यक्ष मिनादेवि रिकाल, देवदह साकोसका कोषाध्यक्ष डिल्लीराज मरासिनी लगायतले आ–आफ्ना भनाई राखेका थिए । कार्यक्रममा जेष्ठ नागरिक, पत्रकार सफल व्यवसायी लगायतलाई सम्मान गरिएका थियो । संस्थाका उपाध्यक्ष मिना श्रेष्ठको स्वागत र महासचिव प्रमोद खनालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।