सर्वाधिक कर तिर्ने फर्म तथा व्यवसायीलाई सरकारको सम्मान, को– को ले पाए ?

प्रकाशित मिति:

काठमाडौ – सरकारले गत आर्थिक वर्ष ०७५/०७६ मा सबैभन्दा कर बढि कर तिर्ने विभिन्न फर्म तथा व्यक्तिलाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले सर्वाधिक कर तिर्ने सूर्य नेपाल प्रालिलाई सम्मान गरेको छ। यस्तै दोस्रोमा सबैभन्दा बढि कर डाबर नेपाल प्रालि, तेस्रोमा जगदम्बा प्रालि, चौथोमा राष्ट्रिय बाणिज्य बैंक छन्।

यसैगरी वर्डलिङ्क, बीमातर्फ नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, ब्यापारतर्फ अग्नि इन्टरप्राईजेज, पर्यटनतर्फ तारागाउँ रिजेन्सी सम्मानित भएका छन्। मध्यमस्तरीय कर दाता सबैभन्दा धेरै कर तिर्ने कामाना बिकास बैंक छ। व्यक्तिगततर्फ बढि कर तिर्नेमा सिद्धार्थ राणा छन् भने आन्तरिक करतर्फ घोराही सिमेन्ट सम्मानित भएको छ। उनीहरुलाई अर्थमन्त्री युवराज खतिवडाले आइतबार बिहान सम्मान गरेका हुन् ।