सचिनले गरे पशुपतिनाथ मन्दिरको दर्शन

प्रकाशित मिति:

काठमाडौं – क्रिकेटका भगवानको उपमा पाएका भारतीय क्रिकेटर सचिन रमेश तेन्दुलकरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । युनिसेफको ३० औं बार्सिकोत्सबको अवसरमा नेपाल आएका सचिनले आइतबार बिहान पशुपतिनाथको दर्शन गरेका हुन् । सचिनसँगै नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी पनि पशुपतिनाथ मन्दिर पुगेका थिए ।

युनिसेफको दक्षिण एसियाका सद्भावना दूत रहेका सचिन शुक्रबार राति नेपाल आइपुगेका थिए । बाल अधिकार सम्बन्धि महासन्धी पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफ नेपालले सचिनलाई नेपाल बोलाएको हो । सचिन शनिबार त्रिवि क्रिकेट मैदान पुगेर मैत्रीपूर्ण क्रिकेट म्याच खेलेका थिए भने बेलुका काभ्रे समेत पुगेका थिए । त्यहाँ रहँदा सचिनले स्थानीय बालबालिकासँग ढाका टोपी लगाएका थिए ।