नेकपा सचिवालय बैठक बस्दै

प्रकाशित मिति:

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बस्दैछ । दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटरमा सचिवालय बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंले  बताए ।

यसअघि शनिवार (हिजो) सचिवालय बैठक बोलाइएपनि प्रधानमन्त्री डायलाइसिसका लागि अस्पताल गएपछि बैठक आजको लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराउनुका साथै पार्टी एकताका बाँकी विषयमा टुंगो लगाउनेबारे छलफल हुने बताइएको छ । नेकपामा केन्द्रीय विभाग, जनसंगठन र आयोगहरुले पूर्णता पाउन सकेको छैन ।