५८ किलो चरेससहित बर्दियाबाट पाँच जना पक्राउ

प्रकाशित मिति:

गुलरिया – बर्दिया प्रहरीले ठुलो परिमाणमा लागु औषध चरेससहित ५ जनालाई पक्राउ गरेको छ । शनिबार राति करिब ९ बजेको समयमा प्रहरी सहायक निरीक्षक शुनिल बश्याल सहितको विशेष गस्ती टोलीले गुलरिया नगरपालिका वडा नम्बर ७ स्थित सडक बाटो बाट ५८ किलो लागु औषध चरेस सहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय बर्दियाका प्रहरी नायब उपरिक्षक राम शंकर कोहारले जानकारी दिए । पक्राउ पर्नेमा पुर्वी रुकुम घरभई हाल दाङ घोराई नगरपालिकामा बस्दै आएका ३४ वर्षिय राजकुमार पुनमगर, २७ वर्षिया जुनतारा पुन, ३४ वर्षिया सुनथामी बुढामगर, पुर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका बस्ने २६ वर्षिया अस्मिता रामजाली र रोल्पाको दुईखोली गाउपालिका ८ घर भई हाल दाङको घोराई नगरपालिकामा बस्ने २९ वर्षिय खीम प्रसाद रोकामगर रहेको प्रहरी नायब उपरिक्षक कोहारले बताए ।

उनिहरुबाट ५८ किलो चरेस, भारतिय र नेपाली गरि नगद ३२ हजार ५ सय ९८ रुपैया र ५ थान मोबाइल समेत पक्राउ गरेको छ । सडक बाटोमा शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा उनीहरुलाई रोकी शरीर तथा बोकेको झोला समेतको खानतलासी लिंदा सोही झोलाभित्र लुकाई छिपाई राखेको अवस्थामा पक्राउ गरिएको डिएसपी कोहारले बताए । प्रहरीका अनुसार उनीहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ को परिच्छेद ३ को दफा (घ) को ५ अनुसार १० किलो ग्राम भन्दा माथी जति सुकै भए पनि २ देखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाखसम्म जरिवाना हुन सक्ने प्रहरीले जनाएको छ ।