नेपालकै यो ठाउँमा घरखेत अचानक चिरा पर्न थालेपछि स्थानीय त्रासमा

प्रकाशित मिति:

काठमाडौं – साँगुरीगढी गाँउपालिका–५ धाकुटाको तुङ्खाका बासिन्दाहरु अहिले एकदमै त्रा’समा रहेका छन् । गाउँका बिभिन्न ठाउँमा पानीको मुल फुटेर जमिन नै चिरा पर्न थालेपछि उनीहरु चिन्ता र त्रा’समा रहेका छन । सामान्य रुपमा पानीको मुल बर्खामा मात्र फु’ट्ने गर्दछ तर धनकुटाको साँगुरीगढि गाँउपालिकाको तुङ्खामा पानीको मुल फुटेर जमिन नै चिरा पर्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।

स्थानीय आषमाया याख्खाको बारीमा गत कात्तिक तिन गते ब’म बि’स्फोटको जसरी लै पानीको मुल फुटेको थियो । जसले गर्दा जमिनसंगै घर पनि चर्किएको थियो । त्यसको केहि दिनपछि पानी आफै बन्द भएको थियो । तर कात्तिकको दोस्रो त्यहाँ बाट साता फेरी पानी आउन थाल्यो र जमिन चिरा पर्न गएको छ ।

याख्खासहित अन्य केही स्थानीयको घर चर्किएको छ भने एक दर्जन भन्दा बढिको खेतबारीमा धाँजा फाटेको स्थानीले बताएका छन् । पानी आएको ठाँउबाट फोहोर पानी निस्किए पनि त्यहाँ भन्दा करिब तिन सय मिटर वरपरका मुलहरुबाट भने सफा पानी आउने गाँउले हरुले बताएका छन् । त्यसैले त्यहाँकाम स्थानियबासीहरु यस्तो अनौठो घटनाका कारण त्रा’समा रहेका छन । – जनबोली बाट