कक्षा ११ र १२ को पुनर्योगको नतिजा प्रकाशन सम्बन्धी अत्यन्तै जरुरी जानकारी [सुचनासहित]

प्रकाशित मिति:

काठमाडौं – नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र १२ को पुनर्योगको नतिजा प्रकाशित गरेको छ । सानोठिमी, भक्तपुरले एक सुचना जारी गर्दै नतिजा प्रकाशन गरेको जानकारी दिएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा २०७६ साल असोज ७ गते प्रकाशित कक्षा ११ र १२ को वार्षिक परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योगका लागि निवेदन दिएका विद्यार्थीहरुको उत्तरपुस्तिका पुनर्योग गरेर नयाँ नतिजा सार्वजनिक गरेको हो ।

परीक्षार्थीहरुको नतिजामा परिवर्तन भएकोले राष्ट्रिय परीक्षा बोर्डको मिति २०७६–०७–२९ गतेको निर्णयानुसार यो सूचना प्रकाशित गरिएको हो । पुनर्योगबाट परिवर्तन भएका ग्रेडसिट–मार्कसिट लिनका लागि नतिजा प्रकाशन भएको मितिले १५ दिन पश्चात् सक्कल ग्रेडसिट–मार्कसिट सहित राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरमा सम्पर्क गर्न अनुरोध गरिएको छ । पुनर्योगको नतिजा उपर चित्त नबुझी उत्तरपुस्तिका हेर्न चाहने परीक्षार्थीहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तोकिएको शुल्क (प्रति विषय रु २,०००।) बुझाई राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालय वा परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरमा निवेदन पेश गर्न सक्नेछन् ।