धनगडी विमास्थल एक महिनाको लागी बन्द

प्रकाशित मिति:

कैलाली — धनगढी विमानस्थल आज आइतबारदेखि दिउँसो ३ बजे देखि बिहान ७ बजे सम्म एक महिना बन्द हुने भएको छ । एक वर्षको अवधि तोकेर धनगढी विमानस्थलको धावनमार्ग र पार्किङ क्षेत्र विस्तारको ठेक्का सम्झौता मर्मतका लागि भएको विमानस्थल मर्मतको बाँकी काम पूरा गर्न पुनः बन्द गर्न लागिएको हो । विमानस्थल बन्द हुने भएपछि धनगढी–काठमाण्डु–धनगढीका उडान प्रभावित हुने भएका छन् । धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले धावनमार्ग र पार्किङ्गस्थल निर्माणका लागि विमास्थल बन्द हुने भएको हो भनी जानकारी दिए ।

बुढथापाका अनुसार, विमानस्थलको १ हजार ८ सय मिटर लामो धावनमार्गमध्ये ४ सय २० मिटर काम बाँकी छ ।धनगढीबाट अहिले श्री यएरलाइन्स, बुद्धले दैनिक र नेपाल एयरलान्सले हप्ताको ३ दिन धनगढी–काठमाण्डु–धनगढी उडान भर्दै आइरहेका छन् । नेपाल एयरलाइन्सको विमानले भने आइतबार, मंगलबार र विहिबार नियमित रुपमा नै उडान भर्ने जनाइएको छ । दैनिक दुई उडान गर्दै आएको बुद्ध एयरले सो अवधिमा बिहान एउटा मात्रै उडान गर्ने यसका धनगढी प्रमुख बुद्धराम माझीले जानकारी दिए त्यस्तै, श्री एयरलाइन्सले दिउँसोको उडानमा केही फेरबदल गरिए पनि दैनिक दुई उडान हुने बताएको छ ।