राष्ट्रपति ट्रम्पले गराए स्वास्थ्य जाँच

प्रकाशित मिति:

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२० मा हुने निर्वाचनअघि आफ्नो स्वास्थ्य जाँच गराएका छन् । व्यस्त कार्यशैलीबीच सैनिक अस्पतालमा उनले स्वास्थ्य जाँच गराएका हुन् । राष्ट्रपति ट्रम्पले स्वास्थ्य जाँच गराएको ह्वाइट हाउसले स्पष्ट पारेको छ । ‘‘स्वस्थ एवम् ऊर्जावान् हुनुहुन्छ, उहाँको स्वास्थ्यमा कुनै गडबडी छैन,’’ ह्वाइट हाउसले भनेको छ ।  वासिङ्टन डीसीको मेरिल्यान्ड बेथेस्डा उपनगरस्थित वाल्टर रिड नेसनल मिलिट्री मेडिकल सेन्टरमा ७३ वर्षीय ट्रम्पको स्वास्थ्य परीक्षण गरिएको हो ।

स्वास्थ्य परीक्षणमा दुई घण्टा लागेको पनि बताइएको छ । ह्वाइट हाउसको प्रेस सचिव स्टेफनी ग्रिसमले संवाददातहरुसँग भने, ‘‘राष्ट्रपति स्वस्थ तथा ऊर्जावान् हुनुहुन्छ । उहाँको स्वास्थ्यमा कुनै समस्या छैन । सातामै थुप्रै पटक हुने निर्वाचन र्‍यालीमा उहाँको जोडदार प्रदर्शनबाटै यो कुरा पुष्टि हुन्छ ।’’ ह्वाइट हाउसले यसलाई नियमित मेडिकल जाँच बताएको छ । – नवभारत टाइम्स