नक्कली सामान बेच्ने गिरोह पक्राउ

प्रकाशित मिति:

हुबहु नक्कल गरेर नक्कली सामान बेच्ने गिरोहलाई रुपन्देही प्रहरीले पत्ता लगाएको छ । नेपाली बजारमा बर्षौदेखि बिक्रिबितरण हुदै आएको हार्पीक ब्राण्डको सामाग्रीको नक्कल गरि उत्पादन गर्ने कम्पनिका प्रतिनिधी सहीत ठूलो परिमाणमा नक्कली हार्पीक समेत पप्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रन्यौरा मुर्गीयाले नक्कली हार्पिक बजारमा बेच्दै गरेको अवस्थामा आईतबार गाडी सहित एक जनालाई पक्राउ गरेको थियो । बा.१४ च ९६१२ नम्बरको गाडी सहित मकवानपुरी गाउपालिका ६ मकवानपुरका २२ वर्षिय सुमन प्रसाद सापकोटालाइ शनिबार पक्राउ गरेको थियो । सापकोटाले मुर्गियामा रहेको बेलवासे किराना पसलमा नक्कली हार्पिकलाइ सक्कली हार्पिक भनेर पसलमा बेच्दै गर्दा व्यापारीलाई संका लागेपछि प्रहरीलाई खबर गरेको पसल संचालन शोभाखर बेलबासेले बताए ।गण्डकी केमिकल्स प्रा.लि काठमाडौंको चलानी लिएर सामान बेच्न हिडेका सापकोटाले काठमाडौं बाट ५४० पिस हार्पिक लिएर आएको चलानीमा देखिए पनि प्रहरीले २२८ पिस हार्पिक मात्र फेला पारेको इलाका प्रहरी कार्यालय रंयौराका प्रहरी निरीक्षक केशब बहादुर बस्नेतले बताए ।

फेला पारेको नक्कली हार्पिकलाइ प्रहरीले नियन्त्रण गरेको छ ।गण्डकी केमिकल्स प्रा.लिले कम्पनी रजिस्टार कार्यालयमा दर्ता गरेको फर्मबाट के सामान उत्पादन गर्ने हो त्यो उल्लेख नगरेको प्रहरीले जनाएको छ । कम्पनिले बजारबाट हार्पीकका पुरानो बोटल ल्याई त्यसमा नक्कली हार्पिक हाली बजारमा बेच्ने गरेको समेत खुलासा भएको छ । भारतमा निर्मीत हार्पीकको उत्पादक रेकेट बेन्काईजर ईण्डीया लिमीटेडले २०४२ साल देखि नेपालमा ट्रेडमार्क दर्ता गर्दै बिक्री गर्दै आएको छ ।